फित्काैली डटकमराजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई अर्पण
साउन १९ समालोचक आख्यानकार प्राध्यापक राजेन्द्र सुवेदीको जन्मजयन्ती हो। राजेन्द्र सुवेदी स्मृति समाजले कार्यक्रमको आयोजना गरेको हो।

काठमाडाैं, २०८१ साउन १८ । राजेन्द्र सुवेदीको ८२औं जन्म जयन्ती नाचघर जमलमा प्रमुख अतिथि पूर्व प्रम झलनाथ खनालले पानसमा बत्ति बालेर उदघाटन गरेपछि राजेन्द्र सुवेदीको तस्बिरमा माल्यार्पण गर्नु भएको थियो ।
कोभिड १९ को महामारी २०७८ मा सर्जक कलाकारहरूको निधन भएको थियो । त्यही लहरमा राजेन्द्र सुवेदी पनि पर्नु भएको थियो ।
साउन १९ समालोचक आख्यानकार प्राध्यापक राजेन्द्र सुवेदीको जन्मजयन्ती हो। राजेन्द्र सुवेदी स्मृति समाजले कार्यक्रमको आयोजना गरेको हो।
यस वर्षको राजेन्द्र सुवेदी साहित्य पुरस्कार प्रा डा दयाराम श्रेष्ठ सम्भवलाई र राजेन्द्र सुवेदी कला पुरस्कार नृत्यलिपी प्रणेता नृत्यगुरु भैरवबहादुर थापालाई प्रमुख अतिथि पूर्व प्रम झलनाथ खनालबाट नगद २१०००/ दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गरिएको थियो ।
डा रमेश शुभेच्छुकले राजेन्द्र सुवेदीको व्यक्तित्व र कृतित्व बारे प्रकाश पारेका थिए ।
नृत्यलिपी प्रणेता नृत्यगुरु भैरवबहादुर थापाको व्यक्तित्व र कृतित्वबारे नृत्यकार केपी पौडेलले भने – “भैरवबहादुर थापाले नेपालका विभिन्न ठाउँमा साँस्कृतिक नृत्य प्रदर्शन गरेका छन् । भारत यूरोप, एशिया चीनमा गएको सांस्कृतिक टोलीको नेतृत्व गरेका थिए, माओको अगाडि नेपाली नृत्य देखाएर माओकै हातले माओ पेन उपहारस्वरूप पाएका थिए । त्यही पेनले ६५ वर्ष लगाएर नृत्य लिपी ( नोटेशन ) लेखेका हुन् । अंग्रेजी र नेपाली भाषामा प्रकाशित उक्त पुस्तक अन्य भाषामा पनि प्रकाशन हुने क्रम रहेको छ। थापा संस्मरण लेखक पनि हुन् ।उनले जगदम्बा श्री सहित उत्तम शान्ति पुरस्कार पनि पाएका छन् ।”
प्राडा कृष्णहरि बरालले प्रा डा दयाराम श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पुरस्कृत दुई प्रतिभाबारे बोल्दै शुभकामना दिएका थिए ।
सम्मानित एवम् पुरस्कार प्राप्त प्रा डा दयाराम श्रेष्ठले भने – “म असी पुगे पनि आफू सधैं सक्रिय र व्यस्त रहेको छु। प्राध्यापन रिटायर्डपछि अचेल म भूमिका लेखक भएको छु। नेपालको झण्डा बारे पुस्तक लेखेर मदन पुरस्कार पाएको थिएँ। समयको सदुपयोग गर्दै अहिले फेरि त्यस्तै अनुसन्धान गरेर खुकुरीको बारेमा लेख्दै छु यसको इतिहास र मौलिकता २००० वर्ष पुरानो छ। प्राचीन शहर र संस्कृति बारे अनुसन्धान गर्दै छु। त्यसैले म सक्रिय विद्यार्थी नै हुँ। म धनकुटाबाट त्रिविमा पढाउन आउँदा पर्याप्त सामग्री थिएन, त्यो पनि संस्कृत साहित्यको समालोचना पाउनु झन् गार्हो, विद्यार्थीहरूले नै सामग्री दिएर पढाउँथे मैले ।ती मध्ये एक राजेन्द्र हुन् ।आज मैले यो सम्मान पाउनु गुरु शिष्यको सम्बन्धको कडीलाई लिएको छु। मैले अझ सक्रिय हुनेछु। म बूढो भएको छैन ।”
कार्यक्रममा तामाङ सेलो र स्वागत गीत र नृत्य श्वेत सदन विद्यालयले गरेको थियो । नातिनी एन्जिलिना घिमिरेको सुवेदीको कविता रचना पाठ गरेकी थिइन् । स्वागत सीता सुवेदीले गरेकी थिइन् ।
प्रमुख अतिथि खनालले समाजका आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । जीवेन्द्रदेव गिरी सभापति रहेको कार्यक्रम डा भागवत आचार्यले गरेका थिए ।
त्रिवि नेपाली विभाग, तीनवटै प्रज्ञा प्रतिष्ठानका विशिष्ट विद्वानको भेलाले सभा अत्यन्तै सभ्य र भव्य बनेको थियो ।
०००







































Thanks
Thank you fitkauly