फित्काैली डटकमसुरभि साहित्य प्रतिष्ठानद्वारा चार स्रष्टा सम्मानित
कार्यक्रमका प्रमुख अतिथि श्री दीपककुमार रिसालबाट विविध चार विधामा पुरस्कृत हुने चार जना साहित्यिक श्रष्टाहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरिएको थियो ।

काठमाडौँ, ०८१ साउन १९ । सुरभि साहित्य प्रतिष्ठानको १६३ औँ आख्यान वाचन तथा २०८० सालको पुरस्कार अर्पणा कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ८, ढोल्खाधारो, कृष्णमन्दिर कुटी परिसरमा सम्पन्न भयाे ।
गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दीपककुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हाे । उक्त कार्यक्रमका प्रमुख अतिथि श्री दीपककुमार रिसालबाट विविध चार विधामा पुरस्कृत हुने चार जना साहित्यिक श्रष्टाहरूलाई दोसल्ला ओढाई नगद तथा प्रमाणपत्र प्रदान गरी सम्मान अर्पण गरिएको थियो ।
पुरस्कृत व्यक्तित्वहरूमा साहित्यकार श्री ओम श्रेष्ठ ‘रोदन’ ले सुरभि-अच्युतराम लधुकथा पुरस्कार, साहित्यकार श्रीमती हिरण्यकुमारी पाठकले सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार, साहित्यकार श्री विद्याप्रसाद घिमिरेले सुलेख आख्यान प्रतिभा पुरस्कार एवम् सहित्यकार श्री रामचन्द्र दाहालले सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार प्राप्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दीपकुमार रिसालले सुरभि साहित्य प्रतिष्ठान यस क्षेत्रको सक्रिय साहित्यिक संस्था भएकोले हामी सबैले सकेको सहयोग गर्नुपर्ने हुनाले गोकर्णेश्वर नगरपालिकाले सकेको सहयोग गरिरहेको छ भन्नुभयो। त्यसैगरी विशिष्ट अतिथि वडा नं. ८ का वडा अध्यक्ष श्री नन्दलाल श्रेष्ठले सुरभि साहित्य प्रतिष्ठानलाई कार्यालय र आख्यान गोष्ठी सञ्चालन गर्नका लागि भवन उपलब्ध गराउन नगरपालिका र वडा कार्यालय लागिपरेको छ, यसमा सबैले पहल गर्नुपर्ने कुरा बताउनु भयो।
सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुराम पौडेलको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा विशिष्ट अतिथिमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख श्री सान्नानी लामा, एवम् स्थानीय वडा नं. का वडाध्यक्ष श्री नन्दलाल श्रेष्ठ, अतिथि साहित्यकार श्री श्रीहरि फुयाँल एवम् प्रतिष्ठानका संरक्षकहरू श्री वरिष्ठ साहित्यकार श्री विजय चालिसे, वरिष्ट समालोक श्री युवराज मैनाली, साहित्यकार श्री वेदमणि घिमिरे एवम् सल्लाहकारद्वय साहित्यकार श्री कणाद महर्षि तथा साहित्यकार श्रीमती गङ्गा कर्माचार्य पौडेलको समुपस्थिति थियो ।
प्रतिष्ठानका उपाध्यक्ष श्री परशुराम पराजुलीले पुरस्कृत व्यक्तित्वहरूको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो भने प्रतिष्ठानका सहसचिव सहसचिव श्री मेनका पोखरेलले उपस्थित महानुभावहरूलाई कार्यक्रममा स्वागत मन्तव्य वाचन गरी सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानका सचिव श्री अच्युत घिमिरेले उद्घोणण कार्य सम्हाल्नु भएको थियो ।
पुरस्कार अर्पण अगाडि कथा वाचनको कार्यक्रम सञ्चालन भएको थियो। कथा वाचन गर्नेहरुमा कृष्ण सुवेदी निराकार, इन्द्रकुमार श्रेष्ठ सरित, रामचन्द्र दाहाल, विद्याप्रसाद घिमिरे, श्रीओम श्रेष्ठ रोदन र हिरण्यकुमारी पाठक हुनुहुन्थ्यो ।
यसै दिन बिहान ११ बजेदेखि १६ औँ साधारणसभा भएको थियो । उक्त सभामा सात सदस्यीय नयाँ कार्यसमितिको चयनसमेत भएको थियो। जसमा अध्यक्ष – श्री बाजुरामप्रसाद पौडेल, उपाध्यक्ष – श्री परशुराम पराशर, सचिव – अच्युत घिमिरे, कोषाध्यक्ष – श्री प्रमोद प्याकुरेल, सहसचिव – श्री मेनका पोखरेल आचार्य, सदस्य – श्री वसन्त रिजाल, सदस्य – श्री नगेन्द्रप्रसाद भट्टराई रहनु भएकाे छ।
०००
– परशुराम पराशरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest









































