सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बर्दिबास साहित्यको ६०औँ शृङ्खला सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख चेत बहादुरखड्काले यस प्रतिष्ठानले बर्दिबास आसपासका क्षेत्रमा विभिन्न साहित्यिक गतिविधि गर्दै आएको कुरा घाम झैँ छर्लङ्ग रहेको बताउनु भयाे ।

Nepal Telecom ad

सर्लाही २०८१साल साउन २५ गते शुक्रबारको दिन यस बर्दिबास साहित्यिक -सांस्कृतिक प्रतिष्ठान बर्दिबास महोत्तरीको ६०औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ, सो कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख चेतबहादुर खड्का (सीताराम) हुनुहुन्थ्याे ।

कार्यक्रम सञ्चालक यस प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठले स्वागत कविता वाचन गरेर कार्यक्रम सुरु गरेकी हुन् । कार्यक्रममा प्रतिष्ठानको सामान्य परिचय दिदै सञ्चालन गरिएको थियो ।

सो कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अतिथिहरूमा बृहत साहित्य सञ्जाल मधेस प्रदेश संयोजक तथा प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज धनुषा अध्यक्ष नानीराम दहाल, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य विमला वि क, बसासांप्रका आख्यान विभाग प्रमुख लिलानाथ गौतम, जनता क्याम्पसका उप प्राध्यापक लेखनाथ ढकाल र रुद्र आचार्य, प्रलेस केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए भने अन्य अतिथिहरूमा उपप्राध्यापक हरि खनाल, डिल्ली श्रेष्ठ, सानीमाया पुलामी, गीता चौलागाईं, रुश्मा लामिछाने र पुनम थिए।

कार्यक्रममा विभिन्न लयका कविता, गजल, मुक्तक, सायरी र गीत प्रस्तुत गरिएका थिए ।वाचन गर्ने स्रष्टाहरूमा कमल साह, प्रतिमा पौडेल, राहुल महतो, आशा साह, मोनिका जैसवाल, तिरन कुमार महतो, विनिता महतो, विरेन्द्र कु. कुशवाह, रुश्मा लामिछाने, लेखनाथ ढकाल, पवन वाग्ले, विमला वि क, लिलानाथ गौतम, नानीराम दहाल, रुद्र आचार्य, जीवनस्पर्शी, नारायण घिमिरे र विपुल विद्रोही थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रतिष्ठानले यस क्षेत्रमा साहित्यिक उन्नयनमा खेलेको भूमिकाको मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

प्रतिष्ठानका आख्यान विभाग प्रमुख लिलानाथ गौतमले विद्यार्थीहरूमा लुकेर बसेको प्रतिभालाई उजागर गर्ने उद्धेश्य घुम्ने कार्यक्रमका रुपमा विद्यालय र क्याम्पसमा कार्यक्रम सञ्चालन भएको कुरा जानकारी गराएका थिए ।

यसैगरी प्रलेस केन्द्रीय सदस्य एवम् प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले यस प्रतिष्ठान स्थापनाको उद्धेश्य र प्रतिष्ठानले बिगतदेखि वर्तमानसम्म भएका कार्यक्रमको संक्षिप्त्त विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बृहत् साहित्य सञ्जाल मधेस प्रदेश संयोजक नारायण घिमिरेले प्रतिष्ठानले यस क्षेत्रमा गरेका कार्यक्रम सराहनीय रहेको कुरा बताएका थिए । यसैगरी भोलिको दिनमा अझ सक्रिय रहँदै अगाडि बढोस् भन्ने सुभेक्षा रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख चेत बहादुरखड्काले यस प्रतिष्ठानले बर्दिबास आसपासका क्षेत्रमा विभिन्न साहित्यिक गतिविधि गर्दै आएको कुरा घाम झैँ छर्लङ्ग रहेको र आगामी दिनमा अझै ठाउँ विस्तार गर्दै अगाडि बढेको आफूले हेर्न चाहेको बताएका थिए ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको ६०औँ शृङ्खलामा सहभागी प्रमुख अतिथि, अतिथि, विद्यार्थी भाइबहिनी लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेका थिए । प्रतिष्ठानका हरेक गतिविधिमा सहभागी भएर विभिन्न तहबाट समर्थन, साथ र सहयोगीहरूप्रति आफू सँधै आभारी रहेको र भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि, विद्यार्थीलाई धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूको भव्य उपस्थिति थियो । बर्दिबास जनता बहुमुखी क्याम्पस बर्दिबास-१४,को सभाहलमा सम्पन्न भएको थियो ।

०००

-नारद काफ्लेद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Narad Kafle
Narad Kafle
1 month ago

समाचार प्रसारणको लागि हार्दिक धयवाद । फित्कौली प्रति आभार प्रकट गर्दछु । नारद प्रसाद काफ्ले ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x