साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिष्ठ साधकहरु सापस विशिष्ट सर्जक सम्मानले अभिनन्दित र सम्मानित हुँदै

"सापस विशिष्ट सर्जक सम्मान"द्वारा अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहनु भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८१ साउन २४ । साहित्यिक पत्रकार सङ्घबाट ७ विशिष्ट साधकलाई “सापस विशिष्ट सर्जक सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।

अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू तेजेश्वरबाबु ग्वङ, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, वसुन्धरा भूषाल, रामबाबु सुवेदी र डा. दुवसु क्षेत्री रहनु भएको छ ।

यसैगरी सर्जक देवीभक्त श्रेष्ठलाई सापस विशेष सर्जक/ अभियन्ता सम्मान, साहित्यकार सविता श्रेष्ठ “बेहोसी”लाई सापस विशेष सिर्जना सम्मान तथा सर्जक बाबुराम श्रेष्ठलाई सापस प्रतिभा सम्मानबाट सम्मानित गरिने भएको छ ।

सो निर्णय साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक, पद्यमावती सिंह र प्राज्ञ उन्नती बोहरा “शीला” सदस्य रहेको सिफारिस समिति बनेको थियो । उहाँहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन र सम्मान गरिनेछ ।

वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गम, डा. जगमान गुरुङ, गीताकेशरी, मदनदास श्रेष्ठ, मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी. आर. उपाध्याय लगायत रहनु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x