साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाग

“घस्रने नागलाई म स्वीकार गर्छु यद्यपि ठम्ठम्ती हिँड्ने नागलाई भने जहिल्यै तिरस्कार गर्छु ।” नातिले पनि आफ्नो मन खोल्यो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

“सर्प, बिच्छीजस्ता विषालु जीवले दुःख नदिऊन् भन्नाका लागि हामीले के गर्नुपर्छ ?” हजुरआमाले सवाल गर्नुभयो ।
जवाफ खोज्दै नातिले आफ्नै निधार खुम्च्यायो ।

“अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न के गर्नुपर्छ ?” हजुरआमाले अर्को प्रश्न थप्नुभयो ।
“हामीले हर्दम सतर्क रहे धेरै हदसम्म जोगिन सकिन्छ ।” नातिले सटीक जवाफ पस्कियो ।
हजुरआमाको चित्त भरिएन । उहाँले उत्तर थप्न लगाउनुभयो । होसले काम गर्ने र बेहोस त्याग्ने मान्छेले प्रकृतिलाई गुलाम बनाउन सक्ने तर्क गर्‍यो नातिले ।

“अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजापाठ गर्नुपर्छ । गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसादको रूपमा चढाउनुपर्छ । जीवजन्तुलाई दुःख दिने र मार्ने काम कदापि गर्नुहुन्न । यसो गरे प्रकृति खुशी हुन्छिन् र हामीलाई सुख दिन्छिन् ।” हजुरआमाले बखान गरेर बिसाउनुभयो ।

“घस्रने नागलाई म स्वीकार गर्छु यद्यपि ठम्ठम्ती हिँड्ने नागलाई भने जहिल्यै तिरस्कार गर्छु ।” नातिले पनि आफ्नो मन खोल्यो ।

०००
२०८१ साउन २५
एनेलकुटी, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x