मनोहराको अतिरिक्त कार्यक्रम : दुईवटा कृति विमोचित
प्रमुख आमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानमका कुलपति भूपाल राई हुनुहुन्थ्यो भने अध्यक्षता मनोहराका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभयो । विशिष्ट आमन्त्रितहरूमा डा. तुलसी भट्टराई, प्रगति राई, जशध्वज गुरुङ, राजेश्वर थापा, नन्दकुमार प्रसाईंलगायत हुनुहन्थ्याे ।
२०८१ साउन २५ । नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा एक स्रष्टाका २ कृति विमोचित भएका छन् ।
मञ्जरी पब्लिकेसन प्रा.लि.बाट प्रकाशित ताप्लेजुङका चन्द्र मादेन आन्छन् को कथासङ्ग्रह “आन्छनका कथाहरू” र उहाँकै “माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रह एकैसाथ लोकार्पित भएका हुन् । यो गीतसङ्ग्रहलाई खोटाङका नवीन राईले सङ्गीतबद्ध गर्नुभएको छ ।
मनोहरा साहित्य समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन मनोहरा साहित्य समाजका सचिव भावकेशर बरालले गर्नुभयो । प्रमुख आमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानमका कुलपति भूपाल राई हुनुहुन्थ्यो भने अध्यक्षता मनोहराका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभयो । विशिष्ट आमन्त्रितहरूमा डा. तुलसी भट्टराई, प्रगति राई, जशध्वज गुरुङ, राजेश्वर थापा, नन्दकुमार प्रसाईं, गोपीकृष्ण प्रसाईं, डिल्लीजङ्ग मादेन, खोलाघरे साहिंलो, चिरञ्जीवी रेग्मी आदि हुनुहुन्थ्यो ।
यसरी नै कार्यक्रममा ध्रुवनारायण श्रेष्ठ, हिमाल श्रेष्ठ, इन्द्र श्रेष्ठ, बद्रीकाजी गुरुङ, विष्णु तुम्वाहाम्फे, दिनेश घले, खगेन्द्र माखिम, राजेन्द्र राई, विनोद मञ्जन, राई नवीन, डम्बर घिमिरे, अनुमा मादेन, चेतनाथ धमला, रामभक्त श्रेष्ठ, सनि लिम्बू, मित्र लिङ्देन, स्वप्निल स्मृति, सचित राई, महेन्द्र राई, तुलाराम गुरुङ, निर्मला श्रेष्ठ मादेन, प्रवीन जोशी, विमला तुम्खेवा लगायत सयौंको संख्यामा साहित्यकार, साहित्यानुरागी, पत्रकारहरूको उपस्थिति रहेको थियो ।
छोटोमिठो स्वागत मन्तव्य मनोहराका उपाध्यक्ष जशध्वज गुरुङले गर्नुभयो ।
सामुहिक राष्ट्रियगानपछि प्रमुख आमन्त्रितबाट दीपप्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन भयो । राजेश्वर थापाबाट लेखकलाई शुभकामनाको संक्षिप्त मन्तव्य दिनुभयो ।
यसपछि कृति लोकार्पणको पहिलो चरणमा-“माधुर्य सुशील तिम्रो बोली” गीतसङ्ग्रहको विमोचन कुलपति भूपाल राईज्यूबाट सङ्गीतबद्ध गीतको रेकर्ड स्वीचअन गरेर गर्नुभयो ।
दोस्रो चरणमा”आन्छनका कथाहरू” को सामुहिक विमोचन मञ्चासीन विशिष्ट आमन्त्रितहरूबाट सम्पन्न भयो । प्रमुख आमन्त्रित भूपाल राईले कृतिकारलाई शुभकामना मन्तव्य दिनुभएपछि नन्दकुमार प्रसाईं, गोपीकृष्ण प्रसाईं, राजेन्द्र राई र लेखकका काका डिल्लीजङ्ग मादेनले समेत शुभकामना मन्तव्य दिनुभएको थियो।
“आन्छनका कथाहरू” को समालोचकीय मन्तव्य दिने क्रममा पहिलोपल्ट समालोचक, आधुनिक धारका लेखक प्रगति राईबाट र दोस्रोपल्ट प्रज्ञाका पूर्व सदस्यचिव डा. तुलसी भट्टराईले दिनुभएको थियोे ।
कार्यक्रमलाई कवितामा समेत अंशबद्ध गर्न मनोहरा साहित्य समाजका कार्यसमितिका सदस्य सम्पत् काफ्लेले “मेरो देश” शीर्षकमा अनुष्टुप् छन्दको कविता वाचन गर्नुभएको थियो ।
लोकार्पित कृतिका स्रष्टा चन्द्र मादेनले आफू ज्यादै खुशी भएको अनुभव र आजको कार्यक्रम सफल भएकोप्रति धन्य मान्दै आफ्नो विचार दिनुभएपछि मनोहरा साहित्य समाजका कोषाध्यक्ष खोलाघरे साहिंलाले सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
मनोहरा साहित्य समाजको यो अतिरिक्त कार्यक्रमको विधिवत् समापन गर्दै अध्यक्ष डिल्लीराज अर्यालले मनोहरा साहित्य समाजको संक्षिप्त्त परिचय प्रस्तुत गर्नुका साथै संस्थाका केही प्रगति गतिविधिमाथि प्रकाशसमेत पार्नुभएको थियोे ।
०००
– खाेलाघरे सािहँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest