सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नागपञ्चमी : कुच्चिएको लोटा

नागलाई खुवाउनु पर्ने थियो दूध-फल-मिठाइ तर कतै नाग नभेटेर प्रतिकात्मकरूपमा खुवाउँदैछन् सहरवासीले तपाईंलाई। ल मेरो पनि स्वीकार्नुस् नागपञ्चमीको बधाई।

Nepal Telecom ad

लक्ष्मण नेवटिया  :

लाज-घिन पचेको-जहाँ पनि मचेको,
सहरको खुँखार गुन्डालाई,
जब सबैले बिहानै ल्याएर,
खुवाउनथाले दुध-फल-मिठाई,
उसलाई भयो खानलाई भ्याइनभ्याई,
अनि सोध्यो नजिकै बोलाएर मलाई,
आहा ! आज किन यस्तो हुँदैछ,
मान मनुवार मेरो, भनिदिनुस् न दाइ ?
गल्ती यही भयो, मैले नढाँटी
झल्याँस्स सम्झेर भनिदिएँ,
अरु केही होइन-आज नागपञ्चमीमा
नागलाई खुवाउनु पर्ने थियो दूध-फल-मिठाइ
तर कतै नाग नभेटेर प्रतिकात्मकरूपमा
खुवाउँदैछन् सहरवासीले तपाईंलाई।
ल मेरो पनि स्वीकार्नुस्
नागपञ्चमीको बधाई।
हरे ! किन भनिहालें,
सत्यतथ्य ठट्टा ख्यालमा,
बेमतलब तड्पँदैछु उसको कुटाई खाएर
कुच्चिएको लोटाझैं भएर- अस्पतालमा ।

०००
विराटनगर
[email protected]

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मच्छरवाद- जिन्दावाद

मच्छरवाद- जिन्दावाद

लक्ष्मण नेवटिया
कलमको कन्तबिजोग

कलमको कन्तबिजोग

लक्ष्मण नेवटिया
भकाभक खाएर भक्का- भएछु हक्काबक्का

भकाभक खाएर भक्का- भएछु...

लक्ष्मण नेवटिया
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

लक्ष्मण नेवटिया
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x