साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागपञ्चमी : कुच्चिएको लोटा

नागलाई खुवाउनु पर्ने थियो दूध-फल-मिठाइ तर कतै नाग नभेटेर प्रतिकात्मकरूपमा खुवाउँदैछन् सहरवासीले तपाईंलाई। ल मेरो पनि स्वीकार्नुस् नागपञ्चमीको बधाई।

Nepal Telecom ad

लक्ष्मण नेवटिया  :

लाज-घिन पचेको-जहाँ पनि मचेको,
सहरको खुँखार गुन्डालाई,
जब सबैले बिहानै ल्याएर,
खुवाउनथाले दुध-फल-मिठाई,
उसलाई भयो खानलाई भ्याइनभ्याई,
अनि सोध्यो नजिकै बोलाएर मलाई,
आहा ! आज किन यस्तो हुँदैछ,
मान मनुवार मेरो, भनिदिनुस् न दाइ ?
गल्ती यही भयो, मैले नढाँटी
झल्याँस्स सम्झेर भनिदिएँ,
अरु केही होइन-आज नागपञ्चमीमा
नागलाई खुवाउनु पर्ने थियो दूध-फल-मिठाइ
तर कतै नाग नभेटेर प्रतिकात्मकरूपमा
खुवाउँदैछन् सहरवासीले तपाईंलाई।
ल मेरो पनि स्वीकार्नुस्
नागपञ्चमीको बधाई।
हरे ! किन भनिहालें,
सत्यतथ्य ठट्टा ख्यालमा,
बेमतलब तड्पँदैछु उसको कुटाई खाएर
कुच्चिएको लोटाझैं भएर- अस्पतालमा ।

०००
विराटनगर
nevatialk@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x