साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खनालद्वारा रचित ‘थाङ्नू’ लघुकथा कृतिको लोकार्पण

एक नम्बर प्रदेश समितिद्वारा आयोजित तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राडा खेमराज खनाल 'कलम सौखिन'द्वारा लिखित नवीनतम् लघुकथा सङ्ग्रह 'थाङ्नू'को लोकार्पण गरियाे ।

Nepal Telecom ad

सुनसरी, धरान २०८१ साउन २६ । अखिल नेपाल लेखक सङ्घ (कोसी) एक नम्बर प्रदेश समितिद्वारा आयोजित तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्राडा खेमराज खनाल ‘कलम सौखिन’द्वारा लिखित नवीनतम् लघुकथा सङ्ग्रह ‘थाङ्नू’को लोकार्पण गरियाे ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ प्रगतिवादी स्रष्टा भानु भण्डारीले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । उहाँले प्राज्ञ खनालको ‘थाङ्नू’ लघुकथा सङ्ग्रहलाई समाजमा व्याप्त रहेका अनेकौँ बेथितिविरुद्ध उभ्याइएको छ ।लघुकथाकारले प्रगतिशील स्वरलाई मुखरित गर्दै प्रतिरोधी चेतनालाई सशक्त पारेका छन् भन्नु भएको थियो ।

जनसांस्कृतिक महासङ्घ केन्द्रीय सचिवालय सदस्य, जनसांस्कृतिक महासङ्घ प्रदेश अध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले पठाउनु भएको कार्यक्रम सफलताको शुभकामना वाचन गरिएको थियो ।

अखिल नेपाल लेखक सङ्घ प्रदेश एक (कोसी) का अध्यक्ष प्राडा प्राज्ञ खेमराज खनालले आफूले भोग्नुपरेका जीवनका अनेकौँ पाटाहरू मिहिन ढङ्गले केलाएर आफूले ‘थाङ्नू’ लघुकथा सङ्ग्रह प्रकाशनमा ल्याएको बताउनु भएको थियो । उहाँले न्याय, समता र रूपान्तरणको पक्षमा लघुकथा रचेको दाबी गर्दै प्रगतिवादी कथा सिर्जनामा तल्लिन रहेको उल्लेख गर्नुभएको थियो ।

उक्त लोकार्पित कृति ‘थाङ्नू’ का बारेमा डा. पुष्पलाल न्यौपानेले लघुकथाले समाजका कतिपय पक्षलाई उधिनेर क्रान्तिकारी र अग्रगामी चेतलाई आत्मसात् गरेको बताउनु भएको थियो ।उहाँले कृति पठनीय, सरल र सहज रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल लेखक सङ्घ प्रदेश नम्बर एक (कोसी)ले भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका १२ जना साहित्यिक प्रतिभालाई सम्मानित गरेको थियो ।उक्त सम्मान प्रमुख अतिथि भानु भण्डारीले प्रा.डा. खेमनाथ दहाल, मचिन्द्र खत्री, डमरुवल्लभ भण्डारी, गोविन्द तिम्सिना, अनु विज्ञाति, गोपाल देवान, महेश श्रेष्ठ, पुष्प ढुङ्गाना, तारा लामगादे, पेमा लामा, नरेश थुलुङ र शारदा दहाललाई प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बम देवान, प्रा. डा. भोलानाथ पोखरेल, अम्बिका शाक्य, मनि राई गोठाले, पिपी कोइराला, अच्युत पराजुली, हिक्मत खड्का, सुजाता वन, प्रफुल्ल भण्डारी, टीका मिलन, कृष्ण गौतम, प्रियांसी पोखरेल, शशीकुमार विश्वकर्मा, राजन निरौला, देवु अत्री, गणेशकुमारी राई, लोचन भण्डारी, जनकऋषि राई र केशव सुनाम लगायतले रचना वाचन गर्नुभएको थियोे ।

कार्यक्रमको सञ्चालन सङ्घका उपाध्यक्ष विमला पोखरेलले र सचिव सुधीर केसीले स्वागत मनतव्य राख्नु भएको थियोे । सङ्घमा रिक्त रहेको उपाध्यक्ष पदमा ओम श्रमिकलाई मनोनयन गरिएको जानकारी दिइएको थियो ।

कार्यक्रममा अतिथिको रूपमा जनसांस्कृतिक महासङ्घ झापाका अध्यक्ष राजन चापागाईं उपस्थित रहनुभएको थियो ।

कार्यक्रममा आवश्यक व्यवस्थापन शोभा मिश्र खनाल, थप सहयोग माधवा खनाल भट्टराई र सृजना श्रेष्ठले गर्नुभएको थियो।

०००
– प्राडा खेमराज खनालकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x