साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातापिता प्रतिष्ठान वालिङद्वारा जेष्ठ नागरिकहरुलाई सम्मान

वालिङ नगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले वालिङ नगरपालिकाका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई शनिबार वालिङको पतञ्जलि योगपीठको सभाहलमा एक कार्यक्रममा बीच सम्मान गरेको हो ।

Nepal Telecom ad

वालिङ, स्याङ्जा २०८१ साउन २६। मातापिता प्रतिष्ठान वालिङ स्याङ्जाले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

वालिङ नगरपालिकासँगको सहकार्यमा प्रतिष्ठानले वालिङ नगरपालिकाका ८४ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई शनिबार वालिङको पतञ्जलि योगपीठको सभाहलमा एक कार्यक्रममा बीच सम्मान गरेको हो ।

ज्येष्ठ नागरिक सम्मान, प्रतिष्ठानको प्रथम साधारण सभा तथा विशेष प्रवचन कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका ८४ वर्ष माथिका प्रतिनिधिमूलक रुपमा एक एक जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा क्रमश: रुपकुमारी काफ्ले, लालबहादुर थापा, मतीलाल खनाल, होमबहादुर भाट क्षेत्री, सावित्री तिवारी, बखतबहादुर गुरुङ, चन्द्रकला सुवेदी, ज्योतिलाल पराजुली छविलाल थापा मगर, लालचन गैह्रे, चन्द्रबहादुर नगरकोटी, शशिघर घर्ती र युवराज डुम्रे हुनुहुन्छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले पछिल्लो समयमा मानवमा नैतिकता कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । मानव जीवनमा सेवा र आत्मीय भाव भएन भने समाजमा विकृति र विसङ्गतिको विकास हुने बताउनुभयो ।

प्रतिष्ठानको उद्देश्य उद्देश्य पूरा गर्नका लागि सबैले हातेमोलो गर्नुपर्ने भन्दै घरमा मातापिता तथा जेष्ठ अभिभावकहरुको सेवा गरिएन भने मन्दिरमा देउता पुज्नुको कुनै औचित्य नहुँने सभापति अर्यालले बताउनुभयो ।

कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्ण महाराजजीले बाल संस्कार, मातापिताप्रतिको कर्तव्यलगायतका विषयमा प्रवचन दिँदै बालसंस्कार सिकाईएन भने धेरै सुधारगृहहरु खोल्नुपर्ने बाध्यता हुने बताउनुभयो । संस्कार र आध्यात्म चिन्तनको अभावले समाजमा विकृति देखा परेको भन्दै यसको जटिलताका विषयमा बेलैमा सचेत हुनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा वडा अध्यक्षहरु वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, ७ का अध्यक्ष पाण्डुकुमार थापा, ५ का अध्यक्ष छवि आले, ११ का अध्यक्ष डण्डपानी पंगेनी, सम्मानित जेष्ठ व्यक्तिहरुकोे तर्फबाट पूर्व मेयर लालचन्द गैह्रे, बयोवृद्ध तुलसीराम पंगेनी, गायक बुद्धिसागर बस्याललगायतले प्रतिष्ठानको कार्यप्रति प्रशंसा व्यक्त गरेका थिए ।

सम्मानित ज्येष्ठ नागरिकहरुलाई नगद रु ११०० सहित सम्मानपत्र प्रदान गरिएको हो । क्रर्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्यामप्रसाद ढुङ्गानाको अध्यक्षता, सचिव भरत बगालेको सञ्चालन, वरिष्ठ उपाध्यक्ष प्रदीप रेग्मी बगालेको स्वागत मन्तन्य र उपाध्यक्ष शंकर सुवेदी धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा यमकान्त खनाल, पदम पाण्डे र विष्णु सुवेदी गैह्रे अध्यक्ष मण्डल रहको बन्त्र सत्रले श्यामप्रसाद ढुङ्गानाको अध्यक्ष रहेको २० सदस्यीय समिति निर्विरोध चयन गरेको छ ।

०००
– श्याम ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x