साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर सुसेली मञ्चले १०औँ शृङ्खला सम्पन्न

रामशरण न्यौपाने सभापति र केशव रुपाखेती प्रमुख अतिथि रहेको कार्यक्रममा डाक्टर सावित्री न्यौपाने, जिल्ला समन्वय समिति भक्तपुरका पूर्व संयोजक नवराज गेलाल, दधिराम गेलाललगायत अतिथि हुनुहुन्थ्याे ।

Nepal Telecom ad

भक्तपुर, २०८१ भाद्र १० । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भक्तपुर सुसेली मञ्चले १०औँ शृङ्खलाको कवि गोष्ठी भब्यताकासाथ सम्पन्न गर्‍यो ।

रामशरण न्यौपाने सभापति र केशव रुपाखेती प्रमुख अतिथि रहेको कार्यक्रममा डाक्टर सावित्री न्यौपाने, जिल्ला समन्वय समिति भक्तपुरका पूर्व संयोजक नवराज गेलाल, दधिराम गेलाल, वयोवृद्ध सूर्यकान्त गेलाल, ऋषिराम गेलालको आतिथ्य रहेको थियो ।

बिहान ८ बजेको समयमा श्रीकृष्णको तस्बिरमा स्थानीयबासी कृष्णहरि गेलाल, ऋषिराम गेलाल, जयराम दाहाल, पवित्रा गेलाल, टीकाराम गेलाल, ऋषिराम गेलाल (भतिज) समेतको सक्रियतामा पूजाआजा गरि शुभारम्भ गरिएको कार्यक्रम कवि गोष्ठी, किर्तन, नृत्य, कृष्णको बारेमा प्रबचन लगायत कार्यक्रम गरि साँझ आठ बजे समापन गरिएको थियो ।

पूजापाठ पछिको कविता वाचनमा सावित्री गेलाल, टीकाराम गेलाल, आरती गेलाल, दधिराम गेलाल, गीता दाहाल, डाक्टर सावित्री न्यौपाने रामशरण न्यौपाने, डिल्लीप्रसाद मूलतिहुन र प्रमुख अतिथि केशव रुपाखेतीले सिर्जना वाचन गर्नुभएको थियो ।

दर्केपानीका बाबजुद भजन किर्तन र नृत्य जारी रहेको थियो । त्यसपछि गुरु माधव कुइँकेलले बडो रमाइलो तरिकाले ज्ञानवर्धक प्रवचन सुनाउनु भएको थियो । बेलाबेलामा चिया दूध, फलफूल वितरण गर्दै गर्दै भजन, गीत, सुसेली लगायत सिर्जनाले निरन्तरता पाएको थियो ।

कार्यक्रममा डाक्टर सावित्री न्यौपाने, कृष्णहरी गेलाल, जयराम दाहाल र प्रमुख अतिथि केशव रुपाखेतीलाई अध्यक्ष रामशरण न्यौपानेले डाइरी उपहार प्रदान गर्नुभएको थियो ।

गोष्ठीलाई निरन्तरतासँगै गुरु माधव कुइँकेलको प्रबचन प्रारम्भ भएको थियो । साँझ आरती र प्रसाद वितरण सहित औपचारिक कार्यक्रम समापन भए पनि भजन गीत र नृत्यको माहोल अझै रोचक र रमाइलो बन्दै गएको थियो ।

संस्थाका सचिव डिल्लीप्रसाद मूलतिहुनको निवास चागुनारायण -३, गेलाल गाउँमा भएको उक्त कार्यक्रमको सञ्चालन डिल्लीप्रसादले नै गर्नुभएको थिए ।

०००
– डिल्लीप्रसाद मूलतिहुनकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x