साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘यशस्वी बुक अवार्ड २०८१’का लागि ६ पुस्तक मनोनित

‘यशस्वी बुक अवार्ड २०८१’ विभिन्न विधामा ६ वटा पुस्तकलाई प्रदान गरिने भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठानकी निर्देशक रन्जना निरौलाले एक प्रेस विज्ञप्ति जारि गरेको उक्त जानकारी दिनु भएको हाे ।

Nepal Telecom ad

काठमाडौं, २०८१ भदौ १६ । ‘यशस्वी बुक अवार्ड २०८१’ विभिन्न विधामा ६ वटा पुस्तकलाई प्रदान गरिने भएको छ ।

यशस्वी प्रज्ञा प्रतिष्ठानकी निर्देशक रन्जना निरौलाले एक प्रेस विज्ञप्ति जारि गरेको उक्त जानकारी दिनु भएको हाे ।

विज्ञप्तिमा जनाइए अनुसार देवव्रतको कवितासङ्ग्रह ‘अस्वस्थामाको निधारबाट बागमती बग्छ’, मुना चौधरीको आख्यान ‘लार’, मोमिला जोशीको गैरआख्यान ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’ र अरुण गुप्तोको ‘संस्कृति चिन्तन’लाई संयुक्त, रोहिणी राणाको ‘द नेपाली कुक बुकु (अंग्रेजी) र विविध विधा अन्तर्गत यज्ञराज उपाध्यायको अनुसन्धात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’ लाई प्रदान गरिने छ ।

उक्त पुरस्कारहरू यहि भदौ २२ गते हुने काठमाडौँ-कलिंग साहित्यिक महोत्सवमा प्रदान गरिने छ । पुरस्कारको राशी बीस हजार रुपैयाँ रहेको छ ।
०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x