फित्काैली डटकमकविता प्रतियोगितामा तनूजा रेग्मी प्रथम

चितवन, २०८१ असोज १ । राष्ट्रिय बालदिवसको अवसरमा कालीगण्डकी साहित्य परिषद् कालिका चितवनले विद्यालय स्तरीय कविता प्रतियोगिताको आयोजना गरी कार्यक्रम सम्पन गरेको छ ।
प्रतियोगितामा नर्थ प्वाइन्ट इङ्लिस बोर्डिङ स्कूल रत्ननगर पिठूवाकी छात्रा तनूजा रेग्मी प्रथम , सिद्धिविनायक सेकेण्डरी बोर्डिङ्ग स्कूल कालिकाकी छात्रा रिया अधिकारी द्वितीय र अन्नपूर्ण शिशु निकेतन रत्ननगरकी छात्रा प्रनिशा थिङ्गले तृतिय स्थान प्राप्त गरेकी थिइन ।
प्रतियोगितामा राष्ट्रिय मा. वि. कालिका १ समीपुरकी छात्रा आर्यस्ना महतो, सिद्धिविनायक सेकेण्डरी बोर्डिङ्ग स्कुल कालिकाका छात्र वविन सापकोटा र भानु मेमोरियल सेकेण्डरी बोर्डिङ्ग स्कूल रत्ननगरकी छात्रा उपहार कोइरालाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको राशि क्रमशः तीनहजार, दुईहजार, एकहजार र पाँच पाँच सय थियो ।
कविता प्रतियोगिताको मूल्याङ्कन समितिको संयोजकमा साहित्यकार केशवराज आमोदी र मुकुन्द पौडेल सदस्य रहेका थिए ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख विनोद रेग्मीले कालिकामा रहेको कालिगण्डकी साहित्य परिषद्ले बेला बेलामा गर्ने गरेको साहित्यिक कार्यक्रमबाट आफू निकै प्रभावित भएको वताएका थिए भने नगरपालिकाले गठन गर्न लागेको प्रज्ञाप्रतिष्ठानको कार्य लगभग अन्तिम चरणमा पुगिसकेको जानकारी दिएका थिए । यसैगरि वार्ड नं ६ का अध्यक्ष टीकाराम रेग्मीले मन्तव्य दिँदै आफूले साहित्यलाई सधैं सम्मान र सहयोग गरिरहने प्रतिबद्धता जनाए थिए ।
कालीगण्डकी साहित्य परिषद्का सभापति गणेश शर्मा पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मी प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिको रुपमा परिषदका सल्लाहकार केशवराज आमोदी, गीतकार मकुन्द पौडेल, कालिका नगरपालिका वार्ड नं छ का वार्ड अध्यक्ष टीकाराम रेग्मी, सदस्य लक्ष्मीनारायण चौलागाई, सदस्य दूर्गा सुवेदी लगायत समाजसेवी रमेशजंग थापा, रेडक्रस सभापति राजन रेग्मी, वार्ड नं ७ का वार्ड अध्यक्ष कमल मोक्तान, कवि हेमराज अर्याल, संस्थाका सचिव रुविन पौडेल, कोषाध्यक्ष विष्णु पौडेल, कवि लिला अधिकारी दाहाल, गङ्गा कोइराला लगायतका साहित्यकार, जनप्रतिनिधि र समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका उपसभापति चिरञ्जीवी दाहालले गरेका थिए ।
०००
– चिरञ्जीवी दाहालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































