साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्दिबास साहित्यिक सांस्कृतिक-प्रतिष्ठानको ६२औँ शृङ्खला

कार्यक्रम सफलताको शुभकामना दिने अतिथि स्रष्टाहरूमा साहित्य संवर्दन केन्द्र महोतरी सदस्य प्रविणा पल्लवी, प्रलेस मधेश नेपालका कोषाध्यक्ष तथा मगही भाषा अभियन्ता फुलगेन मगही आदि थिए ।

Nepal Telecom ad

बर्दिबास, २०८१ असोज ५ । साहित्यिक सांस्कृतिक-प्रतिष्ठानको ६२औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।

प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्लेले सञ्चालन गरेको उक्त कार्यक्रम सफलताको शुभकामना दिने अतिथि स्रष्टाहरूमा साहित्य संवर्दन केन्द्र महोतरी सदस्य प्रविणा पल्लवी, प्रलेस मधेश नेपालका कोषाध्यक्ष तथा मगही भाषा अभियन्ता फुलगेन मगही, बुढ्यौली साहित्य समाज महोतरी सचिव नारद प्र. काफ्ले,लेखनाथ स्मृति सदन महोतरी उपाध्यक्ष दिनेश गरिब पौडेल, साहित्य प्रेमी नारायण खड्का, जनसांस्कृतिक महासङ्घ केन्द्रीय सदस्य विमला वि क, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष विपिराज दहाल, बर्दिबास नेवा सेवा समाजका अध्यक्ष धननारायण श्रेष्ठ र बृहत साहित्य समाज मधेश प्रदेश संयोजक तथा प्रलेस मधेश प्रदेश अध्यक्ष नारायण घिमिरेले मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा विभिन्न लयका गीत, गजल, मुक्तक, कविता वाचन गरिएका थिए । रचना वाचन गर्ने स्रष्टाहरूमा विश्वास अभियान, राजन पौडेल, विपिन वि क, सागर आले, प्रतिमा पौडेल, प्रविणा पल्लवी, फुलगेन मगही, राजु लामा, सुम्निमा भण्डारी, विवेक न्यौपाने, नारायण खड्का, बन्चरो, नारायण दहाल, दिनेश गरिब, विपिराज दहाल, धननारायण श्रेष्ठ, नारायण घिमिरे र विपुल विद्रोहीले वाचन गरेका थिए ।

साथै कार्यक्रममा प्रविण पौडेल, पर्वत पौडेल, आलोक महतो, प्रनिशा ढुङ्गेल, विनिसा वराल, रसिक पौडेल, अन्सु श्रेष्ठ, सुनिक्षा खड्का, दिव्या भारती, जीवन दहाल, ईश्वर काफ्ले, यशोदा श्रेष्ठ, सुशान्त खड्का, सरस्वती खड्का, प्रसंशा वाग्लेसमेतको उपस्थिति थियोे ।

०००
– नारद काफ्लेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x