साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेस स्थापना दिवसमा दुई स्रष्टा सम्मानित साथै रचना वाचन

 प्रमुख अतिथि डा. कैलाश कुमार राईले अहिलेको अवस्थामा सबैले आफूलाई प्रगतिशील विचारको ठान्ने तर व्यवहारमा आफूलाई परिवर्तन गर्न नसक्दा प्रगतिशील शब्द नै संकटमा परेको विचार व्यक्त गर्नु भयो ।

Nepal Telecom ad

उदयपुर, ५ असोज । प्रगतिशील लेखक सङ्घ नेपाल जिल्ला शाखा उदयपुरले शनिबार गाईघाटमा ७३ औँ प्रलेस स्थापना दिवसको अवसरमा दुई जना स्रष्टालाई सम्मान गर्नुका साथै रचना वाचन कार्यक्रमसमेत गरेर प्रलेसको स्थापना दिवस सम्पन्न गरेको छ ।

गाईघाटस्थित नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा आयोजना गरिएको सो कार्यक्रमका प्रमुख अतिथि त्रियुगा जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. कैलाश कुमार राईले अहिलेको अवस्थामा सबैले आफूलाई प्रगतिशील विचारको ठान्ने तर व्यवहारमा आफूलाई परिवर्तन गर्न नसक्दा प्रगतिशील शब्द नै संकटमा परेको विचार व्यक्त गर्नु भयो ।

प्रलेसका संस्थापक स्व.श्यामप्रसाद शर्माले जुन उद्देश्य र लक्ष्यका साथ प्रलेसको स्थापना गर्नु भएको थियो त्यो आजसम्म पुरा हुन नसकेको हुँदा नेपालका प्रगतिशील लेखकहरुले पहिले आफूलाई विचार तथा तार्किक क्षमतामा परिपक्क बनाएर श्रमजीवि जनता र मजदूर वर्गको हितमा कलम चलाउनु आजको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा प्रलेसका पूर्व केन्द्रीय सदस्य राममणि पोखरेल, शारदाप्रसाद भट्टराई, कुबेरकान्त काफ्ले, मधुकर थापा, हर्कनारायण श्रेष्ठ, टंकबहादुर आले मगर, फडिन्द्र बिश्वकर्मा, श्याम प्रसाद ढुङ्गाना, सीमा कुमारी मास्के लगायतका दुई दर्जनबढी स्रष्टाहरुले रचना वाचन गर्नुका साथै शुभकामना मन्तव्य दिएका थिए भने सम्मानित स्रष्टा शैलेन्द्र खतिवडाले प्रगतिशील तथा जागरण गीत र सुमित्रा पोखरेलले गजल गाएका थिए ।

कार्यक्रममा त्रियुगा संगीत विद्यालयका भाइ बहिनीहरुले विभिन्न प्रकारका जागरण गीत एकल तथा सामुहिक रुपमा प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा प्रगतिशील गीत संगीतमा लागेका र त्रियुगा संगीत विद्यालयका निर्देशक तथा संचालक शैलेन्द्र खतिवडा र विश्व नेपाली साहित्य महासंघले आयोजना गरेको गजल प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल भएकी सुमित्रा पोखरेललाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षतामा भएको सो कार्यक्रममा टिप्पणीकार शारदाप्रसाद भट्टराईले वाचन गरिएका रचनाहरुको बारेमा संंक्षिप्त रुपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रलेस उदयपुरका सचिव श्यामप्रसाद ढुङ्गानाले गरेका थिए ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
tanka bahadur alemagar
tanka bahadur alemagar
1 year ago

हार्दिक बधाई सम्मानित स्रष्टाहरूमा ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x