साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राधिका कल्पितको ‘सम्मोहन’ कथासङ्ग्रह सार्वजनिक

कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे।कार्यक्रममा श्यामलले ‘सम्मोहन’लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असाेज १२ । नेपाली साहित्यमा तीन दशकदेखि सक्रिय लेखिका राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो।

कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे।कार्यक्रममा श्यामलले ‘सम्मोहन’लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए।

‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ,’ उनले भने, ‘पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ।’

समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन्। उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भनेर प्रशंसा गरिन्।

पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरेको बताए। उनले भने, ‘कथाहरूमा सामाजिक जटिलता र राज्यको उपस्थितिलाई मिहिन ढंगले प्रश्न गरिएको छ।’

यो कथा सङ्ग्रहमा लेखकले लैङ्गिक विभेद, सामाजिक विघटन, यौन मनोविज्ञान, र पितृसत्तात्मक चेतनालाई प्रमुख विषयवस्तु बनाउँदै कथा निर्माण गरेका छन्। कथाका पात्रहरूको विकास सजीव ढंगले गरिएको र लेखनमा कविता जस्तो भाषाको प्रयोग भएको टिप्पणीकारहरूको भनाइ थियो।

कार्यक्रम गजलकार एवं कवि बाबु त्रिपाठीले सञ्चालन गरेका थिए ।

सङ्ग्रहको प्रकाशन इन्डिगो इन्क प्रालिले गरेको हो, र यसको मूल्य ४९९ रुपैयाँ राखिएको छ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x