साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसास कविता प्रतियोगितामा मधुर भट्टराईलाई प्रथम पुरस्कार

मधुर भट्टराईकाे (स्कुल जानू छ) कविता  प्रथम, जमुना भट्टराईकाे (आततायी आकाश) द्वितीय, सिन्धु पौडेल (परदेशबाट फर्किने बेला)  तृतीय,  सुबास सजल र  नदी भट्टराईका कविताले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असाेज १३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमितिको आयोजनामा विश्व स्तरीय नेपाली कविता महोत्सव (सन् २०२४) सम्पन्न भयो ।

राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसरमा सेप्टेम्बर २८, २०२४ को दिन जुम प्रविधिका माध्यमबाट केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा संचालन गरिएको उक्त प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकमा रहेका नेपाली कविहरूको सहभागिता रह्यो ।

सचिव रविन शर्माको उद्घोषण रहेको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले स्वागत मन्तव्य राख्दै कविता भाषाको सबैभन्दा सुन्दर अभिव्यक्ति हो भन्ने धारणा राखे ।

बोर्ड अफ ट्रस्ट्रिजका सभापति पदम विश्वकर्माले अनेसासले थालनी गरेको कविता महोत्सव परम्पराले विश्वभरका कविहरू समेटिन सक्ने विचार व्यक्त गर्दै समारोहमा वाचित सबै कविता उत्कृष्ट भएको तर्क प्रस्तुत गरे ।

प्रमुख अतिथि प्रा. डा. देवी पन्थीले नेपाली कविको संख्या डेड लाख हुनु गर्वको विषय भए पनि सबै स्रष्टाले व्याकरणका नियम र कविताका नियम पालन गरी विश्वस्तरमा चिनिनका लागि गुणात्मक फड्को मार्नुपर्ने काम प्रारम्भिक अवस्थामा नै रहेको विचार व्यक्त गरे ।

विशिष्ट अतिथि ज्योति पौडेलले आफ्ना पिता राष्ट्रकवि माधव घिमिरेका अनुकरणीय दिनचर्या र सकारात्मक चिन्तनशैलीकाबारे प्रकाश पारिन् । निर्णायक समितिका तर्फबाट कवि श्रवण मुकारुङले वाचनका लागि छनोट गरिएका कविताहरू अब्बल हुनु स्वभाविक हो भन्दै पुरस्कृत हुन सफल कविता अझ उच्चतम हुन्छन् र विजयको चाहना राख्ने स्रष्टाले अध्ययन र अभ्यासको दायरालाई निकै फराकिलो बनाउनुपर्ने धारणा राखे ।

तीनजना निर्णायकबाट छुट्टाछुट्टै रूपमा प्राप्त प्राप्ताङ्कको योगफलका आधारमा निम्न कविहरू पुरस्कृत भए : १) मधुर भट्टराई (शीर्षक: स्कुल जानू छ) – प्रथम, २) जमुना भट्टराई (शीर्षक: आततायी आकाश) – द्वितीय, ३) सिन्धु पौडेल (शीर्षक: परदेशबाट फर्किने बेला) – तृतीय ४) सुबास सजल (शीर्षक: नदीको यात्रा) – तृतीय, ५) नदी भट्टराई (शीर्षक: अग्लो शैलसमान होस् यश अझै साहित्यको फाँटमा) – तृतीय स्थान ।

कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट समापन मन्तव्य राख्दै अनेसासले विश्वस्तरमा थप प्रतियोगिताहरूको समेत आयोजना गरी वर्तमान कार्य समितिले अनेसासको इतिहासलाई थप उचाइमा लैजाने प्रतिबद्धता जनाए ।

स्मरणीय छ वाचनका लागि चयन गरिएका पच्चीसवटै कविहरूलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिनेछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x