साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि विष्णुविभुकाे ´हुरीकाे इन्द्रेणी उक्लेर´ प्रकाशित

उनका समकालीन कवि मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कवितामाथि भूमिका लेख्दै घिमिरेको काव्यकारिताप्रति गर्व गरेका छन् ।

Nepal Telecom ad

काठमाडौं, २०८१ असाेज १३ । वरिष्ठ कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेकाे नयाँ कविताकृति ´हुरीकाे इन्द्रेणी उक्लेर´ बजारमा आएको छ ।

मानव जीवनका समसामयिक विषयमाथि गहिराे र फरक चिन्तन गरेर लेखिएका ४६ वटा लामाछाेटा कविता यस कृतिमा समेटिएको छ ।

उनका समकालीन कवि मित्रहरू दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, अविनाश श्रेष्ठ र अशेष मल्लले कवितामाथि भूमिका लेख्दै घिमिरेको काव्यकारिताप्रति गर्व गरेका छन् ।

यस्तै यो कृतिमा वरिष्ठ कवि बैरागी काइँलाले पनि भूमिका लेखेका छन् । भूमिकामा काइँला लेख्छन् -´नेपाली कविताको लोकप्रिय समकालीन काव्यधाराका एकजना प्रमुख र लोकप्रिय कवि हुन् विष्णुविभु घिमिरे ।´

कविता लेखनमा पाँच दशक विताएका घिमिरेले थाेरै तर उच्चकाेटीका कविता लेख्ने कविकाे परिचय बनाउन सफल भएका छन् ।

घिमिरेका ´काँडाकाँडामा टेकेर´ र `कठघरामा उभिएर´ नेपाली कविता साहित्यका चर्चित काव्यकृति हुन् ।

उनको तेस्रो काव्यकृति हुरीकाे इन्द्रेणी उक्लेर´ लाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।

०००

– ठाकुर बेलबासेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x