हेम अधिकारीभो जीवनी बञ्जर (१७)
खायौ बाबु कि छैन, भोक छ भनी हर्दम् उनै सोध्दछिन् आमा सञ्च छ छैन आउँ कि ? भनी आमा तिनै खोज्दछिन् आफ्नो दुःख भुलेर अर्पित हुने आमा र बाबा भनी आफू झर्छ सुवास दिन्छ, कुशुमी साँच्चै गुनी सत्गुनी ॥

हेम अधिकारी :
खै केभो ममता निशान, तनया आमा कता छौँ कता
छोरीको समता कसो हुनगयो बाबा बताऊ यता
सेवाले मनले मिठा वचनले माता पिता खातिर
माया मूल फुटाउने सकलकी छोरी दया सागर ।
बाबाको मुख हेर्न आदर गरी मिठा मिठाई, लुगा
आमाको मुख हेर्न नित्य तनया बिर्सन्न बिर्सन्न हा !
स्नेहाशिक्त सधैँ छ प्रेम रसले मातापिता आरती
छोरी हेप्छ, बिराउनेछ उसले प्यारी सुता भारती ॥
खायौ बाबु कि छैन, भोक छ भनी हर्दम् उनै सोध्दछिन्
आमा सञ्च छ छैन आउँ कि ? भनी आमा तिनै खोज्दछिन्
आफ्नो दुःख भुलेर अर्पित हुने आमा र बाबा भनी
आफू झर्छ सुवास दिन्छ, कुशुमी साँच्चै गुनी सत्गुनी ॥
वैशाली तनया र पर्वत सुता त्यो तीजका साइत
आए हर्ष विभोर,वर्ष दिनका नाघ्दै बुटा माइत
हाम्रो भो वय भग्न, नग्न घर भो, हा तीज ! फिक्का छ यो
शोभा लुक्छ, विलुप्त भो शरदको आभा हरायो गयो ॥
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































