साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बञ्जर (१७)

खायौ बाबु कि छैन, भोक छ भनी हर्दम् उनै सोध्दछिन् आमा सञ्च छ छैन आउँ कि ? भनी आमा तिनै खोज्दछिन् आफ्नो दुःख भुलेर अर्पित हुने आमा र बाबा भनी आफू झर्छ सुवास दिन्छ, कुशुमी साँच्चै गुनी सत्गुनी ॥

Nepal Telecom ad

हेम अधिकारी :

खै केभो ममता निशान, तनया आमा कता छौँ कता
छोरीको समता कसो हुनगयो बाबा बताऊ यता
सेवाले मनले मिठा वचनले माता पिता खातिर
माया मूल फुटाउने सकलकी छोरी दया सागर ।

बाबाको मुख हेर्न आदर गरी मिठा मिठाई, लुगा
आमाको मुख हेर्न नित्य तनया बिर्सन्न बिर्सन्न हा !
स्नेहाशिक्त सधैँ छ प्रेम रसले मातापिता आरती
छोरी हेप्छ, बिराउनेछ उसले प्यारी सुता भारती ॥

खायौ बाबु कि छैन, भोक छ भनी हर्दम् उनै सोध्दछिन्
आमा सञ्च छ छैन आउँ कि ? भनी आमा तिनै खोज्दछिन्
आफ्नो दुःख भुलेर अर्पित हुने आमा र बाबा भनी
आफू झर्छ सुवास दिन्छ, कुशुमी साँच्चै गुनी सत्गुनी ॥

वैशाली तनया र पर्वत सुता त्यो तीजका साइत
आए हर्ष विभोर,वर्ष दिनका नाघ्दै बुटा माइत
हाम्रो भो वय भग्न, नग्न घर भो, हा तीज ! फिक्का छ यो
शोभा लुक्छ, विलुप्त भो शरदको आभा हरायो गयो ॥

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x