होम सुवेदीह्वाँबारेका तीन थान ठोक्तक
ह्वाँलाई ढिकुटी र भकारी यौटै हो खोरिया र टाहारी यौटै हो जता मन लाग्यो उतै चर्नुहुन्छ ह्वाँ किनभने ह्वाँलाई सरकारी र सहकारी यौटै हो ।

होम सुवेदी :
थानः १
ह्वाँ जतिको गतिलो अर्को ढाँट छैन
दसबिस अरब झ्वाम पार्ने ह्वाँमा झैँ अरूमा आँट छैन
रुँगाला राखे पनि ह्वाँलाई सर्वत्र साँढेझै चर्ने छुट छ
ह्वाँको सुरक्षाका रुँगाला कुम्भकणर्हरू ब्यूँझने छाँट छैन ॥
थानः २
ह्वाँलाई ढिकुटी र भकारी यौटै हो
खोरिया र टाहारी यौटै हो
जता मन लाग्यो उतै चर्नुहुन्छ ह्वाँ
किनभने ह्वाँलाई सरकारी र सहकारी यौटै हो ।
थानः ३
भ्रष्टाचार शब्दलाई नै ह्वाँले दुर्गन्ध ठान्नुहुन्छ
साहित्य मनपराउने हुँदा खोरियालाई पनि छन्द ठान्नुहुन्छ
केही भरियाहरू ह्वाँबाट चाट्न पाउने आसमा तैनाथ छन्
तिनै ह्वाँका झोलेहरू ह्वाँको अपानवायु पनि सुगन्ध ठान्नुहुन्छ ।
०००
भद्रपुर, झापा
Subscribe
Login
0 Comments
Oldest





































