साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि झाँक्रीखोलेको दोस्रो महाकाव्य ‘साहित्य भास्कर’ लोकार्पण

कार्यक्रम नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

झापा, २०८१ असाेज १४ । मेची वहुमुखी क्याम्पस, नेपाली विभागले आयोजना गरेको साहित्यकार, कवि झाँक्रीखोलेको ११ औं कृति, दोस्रो महाकाव्य ‘साहित्य भास्कर’को लोकार्पण सम्पन्न भयाे ।

कार्यक्रम मेची वहुमुखी क्याम्पस, भद्रपुरकाे सभाकक्षमा सम्पन्न भइकाे हाे। कार्यक्रम नेपाली विभाग प्रमुख लीलाप्रसाद अधिकारीको अध्यक्षता, आख्यानकार पुण्यप्रसाद खरेलको प्रमुख आतिथ्य, क्याम्पस प्रमुख जीवन पोखरेल, क्याम्पस पूर्वप्रमुख कमल गुरागाईं, प्रा.डा. गङ्गाप्रसाद अधिकारी, जयनारायण भट्टराई (इलाम), डा.पुण्यप्रसाद सिग्देल, भद्रपुर साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चिन्तामनि दाहाल, नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रदीपमणि रेग्मीलाई विशिष्ट आतिथ्य गराएर कार्यक्रम सुरु भयो ।

डा.गोपीकृष्ण खतिवडाले स्वागत गर्नुभएको, खगिन्द्रा खुसीले सुसन्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिबाट सामुहिक रुपमा कवि झाँक्रीखोलेको उक्त महाकाव्य ‘साहित्य भास्कर’ लोकार्पण गरियो । लोकार्पित महाकाव्य ‘साहित्य भास्कर’को विशद परिचर्चा प्रा.डा. गङ्गाप्रसाद अधिकारीले गर्नुभयो ।

कविहरु मिना अधिकारी, गीता सुवेदी नेपाल, जयनारायण भट्टराई (इलाम), मातृका अधिकारी, तुलसीप्रसाद भट्टराई, हरिनारायण भट्टराई, डा.पुण्यप्रसाद सिग्देलले महाकाव्यभित्रका चारपाँच श्लोक चारपाँच श्लोक मिठो स्वरमा वाचन गरेर सुनाउनु भएको थियो भने देवीप्रसाद आचार्य तथा विरही अधिकारीले आफ्ना गजल–कविता सुनाउनु भयो ।

कवि झाँक्रीखोले (यादवप्रसाद अधिकारी) महाकाव्यको लेखनगर्भ, लेख्नुको अनुभव बारे बोल्नुभयो । प्रमुख अतिथि पुण्यप्रसाद खरेल, विशिष्ट अतिथिहरु क्या.प्र.जीवन पोखरेल, पूर्वप्रमुख कमल गुरागाईंले सो महाकाव्यका काव्यनायक साहित्य भास्कर चूडामणि रेग्मीको व्यक्तित्व बारे चर्चा गर्दै महाकाव्यकार झाँक्रीखोलेलाई बधाई तथा शुभकामना व्यक्तगर्नुभयो । अन्त्यमा अध्यक्ष लीलाप्रसाद अधिकारीले सबै उपस्थित अतिथिहरुलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रममा महाकाव्यका प्रकाशक तुलसादेवी अधिकारी, नातिनी आलम्बिका, कृतिकार झाँक्रीखोलेकी बुहारी, जेठीदिदी, कविहरु तीर्थ चापागाईं, गोविन्द कोइराला, हरिप्रसाद नेउपाने, डा.ठाकुर पोखरेल, दुर्गाप्रसाद सिग्देल, गोपालप्रसाद दाहाल, शान्तिराम मिश्र, झगप्रसाद बराल, पूर्व न्यायाधीश शारदा कोइराला, खगेश्वर कोइराला, दुर्गा शर्मा भट्टराई, जयन्ती मानी, उषा गुरुङ, गोपालप्रसाद खतिवडा, सुशील खनाल, सहप्राध्यापक होम सुवेदी, हिरामणि दाहाल, अर्जुन दाहाल, चन्द्रमणि पौडेल, राधेश्याम काश्यप अधिकारीलगायत पचासभन्दा बढी स्रष्टासाहित्यकारको उपस्थिति थियो ।

०००
– पुण्यप्रसाद खरेलकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x