साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सासुप मिरिकको ११० औँ श्रृङ्खला र कृति लोकार्पण

संस्थाका अध्यक्ष साहित्यकार राजबहादुर राईको अध्यक्षता र वाईएन ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शीला लामाको स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन रहेको

Nepal Telecom ad

मिरिक/ ५ अक्टोबर २०२४ अर्थात् १९ असोज २०८१ शनिबारको दिन स्थानीय ग्रामीण पुस्तकालयको सभाहलमा साहित्य सुनौँ परिवार (सासुप) मिरिकको नियमित रूपमा सम्पन्न हुँदै आएको रचनावाचन तथा विविध कार्यक्रमको ११० औँ श्रृङ्खला सम्पन्न भयो ।

दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । सीमित अतिथिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा रचनावाचन, कृति लोकार्पण तथा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाबाट स्वयम् संस्था र संस्थाका पदाधिकारीहरू सम्मानित भएका सन्दर्भहरूलाई ११० औँ श्रृङ्खलाको अवसरमा चर्चा गरेर गर्वबोधको अनुभूति साझा गरियो ।

यसै क्रममा संस्थाकी सचिव शीला लामा दिल्लीमा सम्मानित एवम् पुरस्कृत हुँदाको अवस्थालाई, साहित्य चौतारी विर्तामोड झापा नेपालबाट र प्रेष क्लब मिरिक आदि संस्थाद्वारा साहित्य सुनौँ परिवार मिरिक सम्मानित भएको अवस्थालाई सिङ्गो संस्थाको उचाइसँग सादृष्य गराई खुशी आदानप्रदान गरियो ।

त्यसैगरी भर्खरै मिरिक प्रेष क्लबद्वारा “हाम्रो गौरव” ले सम्मानित सासुपमि का स्रष्टाद्वय सह-सचिव अमर दुङ्माली र प्रचारप्रसार सचिव एसबी गजमेरलाई खदा लगाएर सम्मान गरियो ।

कार्यक्रममा वाईएन ढकाल, जीनर घतानी, अमर दुङ्माली, अजम प्रधान, दीप प्रधान, र शीला लामाले कविता वाचन गरेका थिए भने एसबी गजमेरले स्रष्टा सुदर्शन अम्बोटेद्वारा लिखित कथा “अनिष्ट प्रजा” वाचन गरेका थिए ।

अन्त्यमा आज वाचन गरिएका रचनाहरूको समीक्षात्मक टिप्पणी पनि प्रस्तुत गरिएको थियो । केसाङ लामा , पारसमणि राई, लक्ष्मी राईसमेतको उपस्थितिमा संस्थाका अध्यक्ष समालोचक राजबहादर राईको “अवलोकन , कृति, कृतिकार र प्रवृत्ति ” नामक कृतिको पनि लोकार्पण गरियो । अन्त्यमा नजिकिँदै गरेको बडा दशैँको शुभकामना आदानप्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।

संस्थाका अध्यक्ष साहित्यकार राजबहादुर राईको अध्यक्षता र वाईएन ढकालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शीला लामाको स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन रहेको प्रचारप्रसार समिति सदस्यद्वय एसबी गजमेर र दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौली डटकमको लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x