फित्काैली डटकमअनुपम सिर्जना प्रतिष्ठानको १४० औँ मासिक काव्यश्रृङ्खला सम्पन्न
गुगलमीट प्रविधिबाट सञ्चालित याे श्रृङ्खला राष्ट्रकवि माधव घिमिरेको १०५ औँ तथा पण्डितराज सोमनाथ सिद्यालको जन्म जयन्ती एवं वडादशैँको शुभकामना आदानप्रदान गर्दै विशेष स्वतन्त्र कविगोष्ठीका रूपमा सम्पन्न भएकाे हाे ।

काठमाडाैं, २०८१ असोज १९ । अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको १४० औँ मासिक काव्यश्रृङ्खला सम्पन्न भएकाे छ ।
गुगलमीट प्रविधिबाट सञ्चालित याे श्रृङ्खला राष्ट्रकवि माधव घिमिरेको १०५ औँ तथा पण्डितराज सोमनाथ सिद्यालको जन्म जयन्ती एवं वडादशैँको शुभकामना आदानप्रदान गर्दै विशेष स्वतन्त्र कविगोष्ठीका रूपमा सम्पन्न भएकाे हाे ।
संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठकवि पुरुषोत्तम सिग्देलज्यूको गरिमामय उपस्थितिमा भव्यरूपमा सम्पन्न भएकाे हाे ।
उपत्याकाको पश्चिम भेकमा क्रियाशील अनुपमले नियमित गर्दै अाएकाे साहित्यिक
कार्यक्रममा कविता, मुक्तक, सुसेली, चारु, बाछिटा, स्वच्छन्द सिर्जना वाचन गर्ने गरिन्छ ।
यस पटक पनि देशभक्ति भावले भरिएका जनचेतना मूलक तथा सामाजिक विकृति विरुद्ध प्रहार गरिएका रचना वाचन गरिएका थिए । राष्ट्रकवि तथा पण्डितराज सोमनाथ सिद्यालका सिर्जना वाचन गरेर उनलाइ सम्झिइयाे । साथै वडादशैँको शुभकामना आदानप्रदान गरियाे ।
यस अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, गणेश आत्रेय, डा.बमबहादुर थापा जिताली, नरनाथ लुइँटेल, गङ्गा लिगल, विन्दु दाहाल मूकदर्शक, सुशीलकुमार रिजाल, हरिप्रसाद घिमिरे, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, द्वारिका कुइँकेल, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, सुधा बाँस्कोटा ढकाल, बिनुबाबा घिमिरे र सुरेशचन्द्र घिमिरे हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित एवं समीक्षक पुरुषोत्तम सिग्देलल अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको बताउनु भयाे । सर्जकहरूलाई रचना वाचन गर्ने अवसर प्रदान गरेर र छन्दको संरक्षण गरेर उल्लेखनीय कार्य गरेकाे छ भन्नु भयो ।
राष्ट्रकवि र पण्डितराजले नेपाली भाषा साहित्यमा पुऱ्याउनु भएको योगदानको चर्चा गर्दै अत्यन्त मिठा सिर्जना श्रवण गर्न पाउँदा सर्जक मुग्ध भए भन्नु भयो । उहाँले वाचन गरिका कविताको सुललित ढङ्गले समीक्षा समेत गर्नु भएको थियो ।
सभाध्यक्ष भुवनहरि सिग्देलज्यूले देश शोकमा डुबेको छ, के शुभकामना दिनु भन्दै दिवङ्गत हुनुभएका दाजुभाइ दिदीबैनीलाई भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै बाँकीलाई वडादशैँको शुभकामना व्यक्त गर्नु भयो ।
छन्द सवा दुईकरोड छन् । मैले नयाँ छन्द बनाएँ भन्नु भ्रम मात्र हो, आज वाचित कविता गुणस्तरका थिए र कविगोष्ठी गरिमामय भयो । सभ्य,भव्य र नव्य भयो । भूवनहरिले भन्नु भयो ।
प्रमुख आमन्त्रित पुरुषोत्तमको सिर्जनाको समीक्षा समेत गर्दै उहाँले नेपाली भाषा बिगार्न कसैले हुँदैन भन्नु भयो । गोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनु हुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
उपाध्यक्ष जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा मन्तव्य राख्नु भयो र स्वागत गर्नु भएकाे थियाे भने महासचिव सुधा बाँस्कोटा ढकालले कुशलतापूर्वक गोष्ठीको संयोजन गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































