फित्काैली डटकमसुरभिको आख्यानवाचन १६५ औँ शृङ्खलामा
बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि साहित्यकार दिवाकर न्यौपाने हुनुहुन्थ्यो भने अतिथिमा अच्युतराम चालिसे हुनुहुन्थ्यो ।

कठमाडौं, असोज १९, काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १६५ औँ नियमित आख्यानवाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि साहित्यकार दिवाकर न्यौपाने हुनुहुन्थ्यो भने अतिथिमा अच्युतराम चालिसे हुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले स्वागत गर्नुभएको यस कार्यक्रममा रञ्जना पराजुली लम्साल, प्रमोद प्याकुरेल, सुशील आचार्य, सरिता दुलाल घिमिरे, परशुराम पराशर, दिवाकर न्यौपाने, बाजुराम पौडेलले कथा र लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि दिवाकार न्यौपानेले आफू यहीँको रैथाने बासिन्दा भए पनि यस कार्यक्रममा उपस्थित हुन नसकेकोमा खेद प्रकट गर्नुका साथै सुरभिले गरेको यो कथावाचनको कार्यले धेरै कथाकार र कथाका श्रोता जन्माउन सफल भएको रहेछ भन्ने कुरा बुझेको बताउनुभयो ।
सभापति बाजुराम पौडेलले अन्तमा कथावाचन गरी आजको कार्यक्रम सङ्ख्यात्मकभन्दा पनि गुणात्मक रहेको कुरा बताउँँदै कार्यक्रमको समापन गर्नुभयो । कार्यक्रमको सञ्चालन भने प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।
०००
– परशुराम पराशरद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































