फित्काैली डटकमश्रीप्रसाद पोख्रेलको लघुकथासङ्ग्रह ‘श्रीधर’ लोकार्पित
कार्यक्रमका सभाध्यक्ष दीपक जङ्ग विश्वकर्मा तथा प्रमुख अतिथि सीता पाण्डेले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।

पेन्सिलभेनिया, अक्टुबर ५, २०२४ । अनेसासले पेन्सिलभेनिया ह्यारिस शहरमा लघुकथाकार श्रीप्रसाद पोखरेलको लघुकथासङ्ग्रह ‘श्रीधर’ लोकार्पित भएको छ । कार्यक्रमका सभाध्यक्ष दीपकजङ्ग विश्वकर्मा तथा प्रमुख अतिथि सीता पाण्डेले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा डी. सी. नेपालका प्रधान सम्पादक चूडामणि भट्टराई, पेन्सिलभेनिया नेपाली समाजकी प्रमुख अर्चना शर्मा, भुटानी समाज ह्यासिसवर्गका पूर्व अध्यक्ष विनय लुइटेल, हिन्दु धर्म तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव वैरागी माइलो, विश्व भुटानी साहित्य सङ्गठनका उपाध्यक्ष आभाष रिखाम मगर र महासचिव पातलो अन्तरे, क्रियामण फाउण्डेशनका सिइओ भरत तिम्सिना, एन.आर.एन.ए. पेन्सिलभेनियाका उपाध्यक्ष अभिषेक थापाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लघुकथा गान, लघुकथा, कविता तथा गजल वाचन, शुभकामना मन्तव्य, सांस्कृतिक प्रस्तुति प्रदर्शन भएको थियो । कार्यक्रममा अनेसास केन्द्रिय अध्यक्ष सर्वज्ञ वाग्ले र संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्रा.डा. भीम खतिवडाको रेकर्डिङ शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।
लोकार्पित कृतिको चर्चा तथा समीक्षा भक्त घिमिरे र विष्णु लुइटेलले गर्नुभएको थियो । यसैगरी ‘श्रीधर’ लघुकथासङ्ग्रहबाट बसुधा रिजाल, भरत तिमल्सिना, पातलो अन्तरे, विष्णु निरौला, तारा पराजुली (बेलबारी न पा पूर्व उपमेयर)ले लघुकथा वाचन गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा रिखाम मगर, अर्चना शर्मा, डि बी सारूले लेखकलाई कृतिगत बधाईं शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिसवर्गका निर्देशक ननीन शर्मा भट्टराई तथा भरत के. श्रेष्ठको संयोजन रहेको थियो ।
साहित्य र सांस्कृतिक गतिविधिहरूको उत्कृष्ट संयोजन भएको यो समारोहको औपचारिक समापनको घोषणा सभापति दिपकजङ्ग विश्वकर्माले ४ः५५ बजे गर्नु भएको थियो र जलपान र सामूहिक तस्वीरसँगै समारोहको विसर्जन भएको हो ।
०००
– श्रीधर पोखरेलकाे साैजन्यमा ।
Subscribe
Login
0 Comments
Oldest







































