फित्काैली डटकमशुभकामना आदान प्रदानसहित रचना वाचन
कार्यक्रममा वक्ताहरूले हाम्रो चाडपर्व महंगो र भड्किलो हुँदै गएकोले परिष्कृत र परिमार्जित रुपले कम खर्चमा चाडपर्व मनाउनु पर्ने कुरामा विशेष जोड दिएका थिए ।

उदयपुर, २०८१ असोज २२ । उदपुरको गाईघाटस्थित उदयपुर साहित्य कला प्रतिष्ठानले वडादशैं, दीपावली, नेपाल सम्वत र छठ पर्व २०८१ को अवसरमा शुभकामना आदान प्रदानका साथै रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. कैलाशकुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा वक्ताहरूले हाम्रो चाडपर्व महंगो र भड्किलो हुँदै गएकोले परिष्कृत र परिमार्जित रुपले कम खर्चमा चाडपर्व मनाउनु पर्ने कुरामा विशेष जोड दिएका थिए ।
वक्ताहरूले शुभकामना दिने क्रममा परिवर्तन पहिले आफूबाट नै गर्दै जानुपर्नेमा सो नभएको र कुरामात्र, अरुलाई सिकाउने तर आफूमा सुधार नगर्ने बानीले विकृति ल्याएको हुँदा विकृति अन्त्य नभएसम्म चाडपर्व मनाउने संस्कारमा परिवर्तन नआउने बताएका छन् ।
यसरी मन्तव्यसहित शुभकामना दिएर रचना वाचन गर्नेहरूमा बासुदेव पोखरेल, उद्धव घिमिरे, हर्क नारायण श्रेष्ठ, सरिता पौडेल गुरागाई, खिला घिमिरे, सीमा कुमारी मास्के, चन्द्रनारायाण चौधरी, महेन्द्रकुमार राई, गोपालकुमार हुमागाई, शैलेन्द्र खतिवडा, माधव पोखरेल गोज्याङ्ग्रे, डा.कैलाशकुमार राई लगायतका दर्जन बढी स्रष्टाहरू रहेका थिए ।
०००
-माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































