साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य सन्ध्याको ४ सय ५६ औँ शृङ्खला शुभकामना आदानप्रदान गर्दै सम्पन्न

कार्यक्रममा विशेष आमन्त्रित शेषमणि आचार्यले मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो, याे दर्शन र सिद्धान्तको मार्गदर्शनबाट नै सबै क्षेत्रमा रुपान्तरण सम्भावना रहेकाे बताउनु भयाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक ३ । शनिबार । साहित्य सन्ध्या नेपालको नियमित कार्यक्रमको ४ सय ५६ औ शृङ्खला शुभकामना आदानप्रदान कवि गोष्ठी तथा नेपालमा प्रचलित चाडपर्व र रुपान्तरणको प्रश्नको बारेमा चर्चा गरि सम्पन्न भयो।

प्रविधि मैत्री (भर्चुअल) माध्यमबाट भएको कवि गोष्ठीमा प्रेम ओझा (पाँचथरबाट),डम्बर पहाडी (इलामबाट ), दीपेन्द्र अधिकारी (जापानबाट) जोडिनु भएको थियो।

कार्यक्रममा जेष्ठ नागरिक बेणीबहादुर थापादेखि बालकवि दिव्यता दाहालसम्मले कविता, गीत, गजल प्रस्तुत गरेका थिए।

ज्ञानु विद्राेहीले संक्षिप्त मन्तव्य सहित समानता शीर्षककाे कविता प्रस्तुत गर्दै प्रारम्भ भएकाे गाेष्ठीमा महेशराज खरेलले खै निकास ?, कुमार नेपालले जिब्राेकाे गरिमा, डम्बर पहाडीले तीनवटा एलाक र एउटा गीत प्रस्तुत गर्नु भयाे ।

क्रमशः गाेपी चन्द्र कार्की, रामदेव पाण्डे, अर्जुन अन्याेल दाहाल, गायत्री चापागाइँका कविता, प्रेम वझा काे गजल र रत्न उप्रेतीकाे गीत प्रस्तुत भएकाे थियाे ।

त्यसपछि तनहुँका विशेष आमन्त्रित शेषमणि आचार्यले नेपालमा प्रचलित चाडपर्वका बारेमा प्रवचनात्मक अभिव्यक्ति दिनु भएकाे थियाे ।

आचार्यले आदीम कालमा उत्पादन उत्सवबाट विकास भएको चाडपर्व र मातृसत्तात्मक अवस्थामा दैवी शक्तिको पूजा अर्चनाको, प्रकृति पूजा चलेको बारे चर्चा गर्नुभएको थियो । यिनमा रहेका केही अन्धविश्वास र कुप्रचलनलाई सचेतनात्मक प्रगतिवादी दृष्टिकोणबाट रुपान्तरण गर्नुपर्ने बारेमा आफ्नो धारण राख्नु भयो । मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो । याे दर्शन र सिद्धान्तको मार्गदर्शनबाट नै सबै क्षेत्रमा रुपान्तरण सम्भावना छ उहाँले बताउनु भयाे ।

शेषमणि आचार्यकाे विचार प्रस्तुतिपछि कार्यक्रममा गीता सापकोटा, डा. हरि सिल्वाल, गोपालकुमार मैनाली, राम विनय, नरनाथ लुइँटेल र दिपेन्द्र अधिकारीले लगायतले सिर्जना वाचन गर्नु भएकाे थियाे ।

कार्यक्रममा वाचित सिर्जनाका बारेमा फित्कौली डटकमका सम्पादक तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले टिप्पणीमूलक मन्तव्य राख्नु भयाे । उहाँले यसरी कुनै पनि सिर्जना सरसरी सुनेकै भरमा साङ्गाेपाङ्गाे समीक्षा सम्भव नहुने बताउँदै सुन्दासुन्दै सुन्नेकाे मनस्चेतनामा परेकाे प्रभावका आधारमा सामान्य टिप्पणी मात्र हुन सक्छ भन्दै वाचित कविताका बारेमा संक्षिप्त टिप्पणी प्रस्तुत गर्नु भएकाे थियाे ।

साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शुक्रबार निधन हुनुभएका साहित्यकार प्रा. रामहरि पौडेलप्रति शोक श्रद्धाञ्जली व्यक्त गरियो।

२०४२ सालपछि विभिन्न साहित्यकारहरुसित साहित्य सन्ध्यामा आबद्ध भएर रामहरि पौडेलले एक कार्यकाल संयोजकको भूमिका निर्वाह गर्नु भएको स्मरण गर्दै
साहित्य सन्ध्या,नेपालले उहाँको निधनमा एक शोक वक्तव्य प्रकासित गरेकाे र उहाँप्रति श्रद्धाञ्जली चढाउनुक साथै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना अर्पण गरेको जानकारी पनि राम विनयले दिनुभएकाे थियो ।

कार्यक्रमकाे अन्त्यमा अध्यक्ष राम विनयले उपस्थित कविहरु, श्रोतागण,चाडपर्वबारेमा चर्चा गर्नुहुने चर्चाकार शेषमणि र वाचित कविताहरुको समीक्षात्मक टिप्पणी गर्नुहुने नरनाथ लुइँटेललाई र प्रविधि मैत्री (भर्चुअल ) कार्यक्रमको होष्ट गर्ने कवि ज्ञानु नेपाल समेतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएकाे थियो।

०००
– साहित्य सन्ध्याका अध्यक्ष राम विनयकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x