साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभा सम्पन्न !

सभाले अध्यक्षमा डा. बमबहादुर थापा जिताली, उपाध्यक्ष ध्रुवराज पौडेल, सचिव वीरबहादुर लोहनी, कोषाध्यक्ष नीरप्रसाद तिमल्सेना सहित ११ जनाकाे नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक ३ । मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभाले २०८०/८१ को आय व्यय विवरण र प्रगति प्रतिवेदन पारित गर्नुका साथै नयाँ कार्यसमितिको चयनमा निर्विरोध निर्वाचन पनि सम्पन्न गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा डा. बमबहादुर थापा जिताली, उपाध्यक्ष ध्रुवराज पौडेल, सचिव वीरबहादुर लोहनी, कोषाध्यक्ष नीरप्रसाद तिमल्सेना र सदस्यहरू टेकबहादुर लौडारी, इन्दिरा शाह, प्रभा बराल, गीता रेग्मी, रामरञ्जन पौडेल, हरिप्रसाद घिमिरे अनि शान्ता देवकोटा गरी ११ जनाको निर्विरोध कार्यसमिति चयन भयो।

२०७२ चैत २७ गते स्थापना भएको र २०७५ चैत्र २७ गते दर्ता भएको यस मञ्जुश्री साहित्यिक समाजले २०७४ सालदेखि अहिलेसम्म ३३ जना अग्रज साहित्यकार तथा समाजसेवीलाई सम्मान तथा पुरस्कार समर्पण
गरिसकेको छ भनें आठ जना नवोदित प्रतिभालाई पुरस्कार प्रदान गरिसकेको छ।

यस संस्थाको आयोजनामा २०७७ भदौ ५ गते शुक्रबारदेखि हालसम्म जुम प्रविधि तथा गुगल प्रविधिमैत्री कविगोष्ठी पहिले हरेक शुक्रबार पछि हरेक महिनाको पहिलो शुक्रबार कार्यक्रम सञ्चालन ७५ औँ शृङ्खला सम्पन्न गरिसकिएको छ।

मञ्जुश्री साहित्यिक समाजको नाममा दुई दर्जन जति कृतिहरू प्रकाशित छन् भने संस्थागत आयोजनामा साहित्यिक पुस्तकहरू विमोचन भएका पनि छन्। यस संस्थाको आयोजनामा र नागार्जुन नगरपालिकाको प्रायोजनमा राष्ट्रिय कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएका छन्।

यस साहित्यिक संस्थाले श्रीरामसिंह बस्नेत र गङ्गा लिगलको दातव्यबाट विपी- भूपि साहित्यिक पुरस्कार तथा सम्मानको कोष खडा गरेको छ भने लक्ष्मण थापा र वीणा पौड्यालको दातव्यबाट मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार कोषको स्थापनाका भएको छ।

यही कोषको ब्याजबाट प्रतिवर्ष रु. १५,१२५ । थैलीको नगद पुरुस्कार तथा सम्मान समर्पण गर्न थालिएको छ। पुरस्कार प्राप्त गर्नेहरूमा कवि प्रह्लाद पोख्रेल खोटाङ, उपन्यासकार श्रेष्ठ प्रिया पत्थर कैलाली, महाकाव्यकार भूवनहरि सिग्देल, काठमाडौं , गीतकार कृष्णहरि बराल कीर्तिपुर, अम्बिका अर्याल गोर्खा र रञ्जु दाहाल ओखलढुङ्गा रहेका छन् भने मञ्जुश्री साहित्यिक स्रष्टासम्मान तथा पुरस्कार प्राप्त गर्नेहरू महाकाव्यकार मनिराज जोशी, कैलाली लगायत तेत्तीस जनामा बाँकी सबै स्रष्टालाई समर्पण गरिएको छ।

विभिन्न साहित्यिक संस्थाहरूमा सम्लग्न रहेको हुनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यस संस्थाको नाम जोडिएको छ र साहित्यिक संस्था समन्वय समितिको सदस्य पनि रहेको छ।

मञ्जुश्री साहित्यिक समाजको छैठौं साधारण सभामा संस्थाका अध्यक्षले प्रस्तुत गर्नुभयो। प्रमुख अतिथि प्रा. सीताराम अधिकारी र विशिष्ट अतिथि श्रीहरि फुयाँल, निर्वाचन संयोजक शालिग्राम शर्मा पौडेल र कार्यक्रम सञ्चालक रामरञ्जन पौडेल र प्रभा बराल हुनुहुन्थ्यो। उक्त छैठौं साधारण सभा डा. बमबहादुर थापा जितालीको सभापतित्वमा सम्पन्न भएको थियो।

०००

-बमबहादुर थापा जितालीकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x