फित्काैली डटकममुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न पुरस्कारले एकै पटक १३ जना पुरस्कृत हुँदै
पुरस्कृतहरूकाे सूचीमा स्रष्टाहरू रामचन्द्र भट्टराई, माधव वियोगी, गोविन्द विनोदी, नरनाथ लुइँटेल, केशवराज आमोदी, पुरुषोत्तम दाहाल, ज्ञान उदास, विवश पोख्रेल, विदुर अधिकारी, सिर्जना खनाल लगायत रहनु भएकाे छ ।

काठमाडाैं, २०८१ कार्तिक ३ । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँको चौथो वार्षिकोत्सवका पावन अवसरमा यस संस्थाबाट प्रदान हुने १३ वटा साहित्य सम्मान तथा पुरस्कारहरूकाे सूची सार्वजनिक गरिएकाे छ ।
मुक्तिनाथ दर्शन साहित्य समाजले दिएकाे जानकारी अनुसार सम्मान तथा पुरस्कार छनोट समितिले सिफारिस गरेका नामहरूलाइ नै समाजकाे बैठकले निर्यय गरी सूची सार्वजनिक गरिकाे हाे ।
सार्वजनिक सूची अनुसार महाकाव्यकार श्री माधव वियोगीलाई- सूर्यबहादुर केसी स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१ प्रदान गरिने छ भने र समर्पित पद्य कवि श्री गोविन्द विनोदीलाई- टीकाप्रसाद नारायणी काफ्ले स्मृति साहित्य सम्मान तथा पुरस्कार २०८१ प्रदान गरिने भएकाे छ ।
यसैगरी हास्यव्यङ्ग्य पत्रकार श्री नरनाथ लुइँटेललाई- आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान तथा पुरस्कार २०८१, बहुआयामिक कवि श्री केशवराज आमोदीलाई- लक्ष्मीहरिराज हरिप्रिया वराल स्मृति साहित्य सम्मान तथा पुरस्कार २०८१, सशक्त मुक्त कवि श्री ज्ञान उदासलाई- महेश्वरलाल शारदा श्रेष्ठ स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१, मानवाधिकारकर्मी तथा वरिष्ठ पत्रकार श्री पुरुषोत्तम दाहाललाई- शेरबहादुर कान्छी उप्रेती स्मृति पत्रकारिता सम्मान तथा पुरस्कार २०८१, सशक्त गद्य कवि श्री विवश पोख्रेललाई- दीनानाथ हेमकुमारी ओझा स्मृति साहित्य उद्बोधन सम्मान तथा पुरस्कार २०८१ र सुसेलीकार श्री चन्द्रा न्यौपानेलाई- मुक्तिनाथ दर्शन त्रैमासिक सुसेली सम्मान २०८१ प्रदान गरिँदै छ ।
पद्यकवि श्री रामचन्द्र भट्टराईलाई- मनोरञ्जनरमण शर्मा नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१, प्रशिक्षक तथा पद्यकवि श्री विदुर अधिकारीलाई- पद्मदीपा पौडेल स्मृति साहित्य सम्मान तथा पुरस्कार २०८१, कवि तथा गजलकार श्री सिर्जना खनाललाई- सूर्यबहादुर विष्णुकुमारी पण्डित स्मृति नेपाली साहित्य उन्नयन सम्मान तथा पुरस्कार २०८१ प्रदान गरिने भएकाे छ ।
सार्वजनिक सूचीअनुसार जलजलेश्वर गरुकुल वेदविद्याश्रम मा.वि मोलुङ् ४ ओखलढुङ्गाका प्रधानाध्यापक श्री प्रदीप खतिवडालाई- मिनाखरेल स्मृति सनातन वैदिक हिन्दु धर्म संरक्षण, सम्बर्ध्दन सम्मान तथा पुरस्कार २०८१ र सोमसरला वेदविद्याश्रम गुरुकुल गौरीघाट काठमाडौँका व्यवस्थापक श्री केशवप्रसाद अधिकारीलाई- रामप्रसाद-रुद्रकुमारी भुर्तेल स्मृति सनातन वैदिक धर्म संरक्षण सम्मान तथा पुरस्कार २०८१ प्रदान गरिने छ ।
मुक्तिनाथ दर्शन साहित्य समाज नेपालले तीन वर्षदेखि निरन्तर प्रदान गर्दै आएका यी पुरस्कारहरूकाे (मुक्तिनाथ दर्शन त्रैमासिक सुसेली सम्मान बाहेक) नगद रकम जनही रू. १५,०००।- रहेकाे छ ।
हरिभक्त र कलानिधि दाहालसमेत रहेकाे पाँच सदस्यीय छनोट कमिटीले छनाेट गरी सिफारिस गरेका नामहरूलाइ मुक्तिनाथ दर्शन साहित्य समाजले पुरस्कृत गर्ने निर्णय गरिएकाे कलानिधि दाहालले जानकारी दिनु भएकाे छ । यी पुरस्कार र सम्मान वि.सं. २०८१ साल माघ महिनाको १९ गते आयाेजना हुने मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँको चौथो वार्षिकोत्सव समाराेहमा प्रदान गरिने जानकारी पनि उहाँले दिनु भयाे ।
यस अघि यी पुरस्कारद्वारा स्रष्टाहरू घनश्याम परिश्रमी, गान्धीराज काफ्ले, सुनिल अधिकारी, तिलकप्रसाद लुइटेल, राजन सिल्वाल, ममता मृदुल, अम्बिका भण्डारी, गिरिराज डल्लाकोटी, चक्षु भट्टराई, देवी पन्थी, दुर्गा अधिकारी भँमरकोटे, वनकाली विद्याश्रम, देवराज उपाध्याय, विनोद दाहाल वत्स, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, बाजुराम पौडेल, मदन नेपाल, विजय चालिसे, गोविन्दराज भट्टराई, रामप्रसाद ज्ञवाली, देवी नेपाल लगायत पुरस्कृत भइसक्नु भएकाे छ ।
०००
– कलानिधि दाहालकाे साैजन्यमा








































पुरस्कृत हुने सबैलाई बधाई
यसअघि र अहिले दिनेकाे मर्यादाक्रम मिलेन