फित्काैली डटकमअनेसास नेपालच्याप्टरद्वारा स्रष्टा सम्मान तथा रचना वाचन
कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा र बिओटी निवर्तमान अध्यक्ष साहित्यकार गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

काठमाडौं, २०८१ कार्तिक ६ । अनेसास नेपाल च्याप्टरको आयोजनामा स्रष्टाहरूलाई बधाई, सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा र बिओटी निवर्तमान अध्यक्ष साहित्यकार गीता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्मानित स्रष्टा अनेसास केन्द्रीय कार्यसमिति सदस्य शकुन ज्ञवाली, अनेसास केन्द्रीय कार्यसमिति सदस्य तारा उप्रेती तथा अनेसास सल्लाहकार वरिष्ठ समालोचक तथा लेखक लीला लुइँटेललाई बधाई तथा सफल कार्यकालको शुभकामनासहित सम्मान पत्र प्रदान गरिएको थियो ।
पोर्चुगल च्याप्टर महासचिव एन बि अन्जान तथा पोर्चुगल च्याप्टरकी सचिव गोमा रेग्मीलाई स्वागत गरिएको थियो । कार्यक्रममा निवर्तमान केन्द्रिय सदस्य डा. रेणुका सोलु, अनेसास एसिया उपाध्यक्ष सरिता अर्याल, वर्तमान केन्द्रिय सदस्य सुमन वर्षाको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा स्रष्टा सम्मान, बधाई तथा शुभकामना तथा सम्मानित स्रष्टाद्वारा शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । कार्यक्रममा अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुली, सचिव सुशिला खड्का हसिना, सदस्य कवि शान्ति रिसाल, सदस्य शान्तिमाया गिरी, सदस्य इन्दिरा ढकाल, कवि एन बि अन्जान, गोमा रेग्मी, देवेन्द्र केसी लगायतले गीत तथा कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टर उपाध्यक्ष मन्जिला अनिल तथा कार्यक्रम संचालन महासचिव रन्जना निरौलाले गर्नु भएको थियो ।
०००
रञ्जना निरौलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































