साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारत – नेपाल साहित्यिक जमघट तथा अन्तरक्रिया कार्यक्रम

कार्यक्रम सासुप मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, अमेरिका हुँदै नेपालबाट भ्रमणमा आएका लघु कथाकार खेमराज पोखरेलको प्रमुख आतिथ्य र नेपाली नारी हस्ताक्षर शारदा भण्डारीको विशिष्ट आतिथ्य रहेको थियाे ।

Nepal Telecom ad

मिरिक, २३ अक्टोबर २०२४ अर्थात् ७ कार्तिक २०८१ बुधबारका दिन स्थानीय ग्रामीण पुस्तकालय मिरिकको सभाहलमा भारत – नेपाल साहित्यिक स्रष्टाहरूको जमघट भई साहित्यका विविध पक्षका बारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।

सासुप मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षता, अमेरिका हुँदै नेपालबाट भ्रमणमा आएका लघु कथाकार खेमराज पोखरेलको प्रमुख आतिथ्य र नेपाली नारी हस्ताक्षर शारदा भण्डारीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा दार्जिलिङ महाविद्यालयका प्राध्यापकद्वय विनेश प्रधान र कवि बस्नेत, मिरिक नगरपुस्तकालयका अधिकारी शीला गुरुङ, सुशीला पोख्रेल, सासुप मिरिकका सह-सचिव अमर दुङ्माली र अजित वियोगीसमेतको आतिथ्य रहेको थियो ।

मञ्चासिन अतिथिहरूलाई खदार्पणपश्चात विद्याकी देवी सरस्वतीको तस्बिरमा माल्यार्पण गरी दीप प्रज्जवलनसहित कार्यक्रको उद्घाटन सम्पन्न भएको थियो भने तत्काल दिवङ्गत ज्ञातअज्ञात साहित्यिक स्रष्टाहरूप्रति करिब दुई मिनट मौनधारण गरिएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन स्रष्टाहरूले कविता पनि वाचन गरेका थिए जसमा – मिरिक महाविद्यालयको पक्षबाट ऋृतुराज खवासले “ नारीदिवस र मैय्या”, सासुप मिरिकको पक्षबाट – अर्जुन प्रधान, अमर दुङ्माली र युवराज भण्डारी रहेका थिए ।

त्यसैगरी विशिष्ट अतिथि शारदा भण्डारीले मिरिकसँग साहित्यिक भेट भएर अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पाउदा को क्षणलाई खुशीमा परिणत गर्दै दुईवटा लघुकथा वाचन गरिन् भने विनेश प्रधान र कवि वस्नेतले नेपाली भाषा र साहित्यमा नेपाल र भारतका साहित्यकारहरूले गरिरहेका कार्यहरूको योगदानको गहन विश्लेषण गरेका थिए ।

प्रमुख अतिथिको आशनबाट बोल्दै स्रष्टा खेमराज पोख्रेलले आफूले साहित्यका विविध विधामा कलम चलाए पनि मूलतः लघुकथालाई भने निरन्तरता दिएको जानकारी गराउँदै अमेरिका रहँदासमेत सामाजिक सञ्जालबाट आफूले कृतिहरूको समीक्षात्मक टिप्पणी पनि गर्दै आएको बताए ।

दार्जिलिङ जर्नल पब्लिकेशनको पक्षबाट स्रष्टाद्वय खेमराज पोख्रेल र शारदा भण्डारीलाई सम्मान जनाइएको थियो । त्यसैगरी स्रष्टा अजित वियोगीद्वारा नेपाली भाषाको शुद्धाशुद्धीप्रतिको विवादबारे बोल्दै नेपाली भाषा शुद्ध हुनुपर्ने साथै साहित्यिक स्रष्टा र कृतिमार्फत प्रकाशनपछिको अवगुण हटाउन भाषाविद्हरूको सहयोग लिनुपर्नेमा जोड दिएका थिए ।

प्राविधिक रूपमा एआईको माध्यमले साहित्यिक रचनाहरू परिमार्जन गरिएतापनि यो माध्यम साधन र साध्य भने नभएको पनि सार्वजनिक गरेका थिए ।

अन्त्यमा नेपालबाट भ्रमणमा आएका स्रष्टाहरूले मिरिक नगरपुस्तकालयलाई र व्यक्तिगतसमेत स्रष्टाहरूलाई आ- आफ्ना कृतिहरू साटासाट गरेपश्चात् कार्यक्रमको अध्यक्षबाट सम्पन्न कार्यक्रको मूल्याङ्कनसहित सबै सृजनशील मनहरूलाई साहित्य सृजना गर्न आह्वान गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

दार्जिलिङ पब्लिकेशनको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनका संरक्षक स्रष्टा देवीलाल प्रधानद्वारा औचित्य तथा उद्देश्यमाथि प्रकाश पारिएको कार्यक्रममा स्रष्टा दीप प्रधानको सहजीकरण रहेको दीप प्रधानले जानकारी दिए ।

०००

फित्काैलीका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x