करारमा छन्
नेता उडेर हेर्लान् आफू जहाजबाट । खोलो बढेर आयो बस्ती किनारमा छन् ॥
बालकृष्ण खनाल :
बेचेर राष्ट्रलाई खाने विचारमा छन् ।
भागेर भ्रष्ट सारा जाने हतारमा छन् ॥
भन्थे चुनावमा जो यो गाउँ स्वर्ग बन्छ ।
छोडेर गाउँ बस्ती नेता बजारमा छन् ॥
जोडेर हात गोडा विस्तारवाद सामू ।
मानेर देव जस्तो दासी गुहारमा छन् ॥
नेता उडेर हेर्लान् आफू जहाजबाट ।
खोलो बढेर आयो बस्ती किनारमा छन् ॥
के धाक सम्पत्तिको गर्छौ धनीहरूले ।
आफ्नो हुँदैन केही ज्यानै करारमा छन् ॥
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest