साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धको गथासो (२)

म सम्झिन्छु आमा दुखे माथ छाती सधैँ भन्नुहुन्थ्यो नबन्नू नजाती, छु यो पिन्जरामा बनेँ एक पन्छी बसेको छु भित्रै बनी दग्ध अल्छी भयो जिन्दगी यो वृथा शुष्क भारी नहेरूँ भयो लोक आँखा उघारी ।

Nepal Telecom ad

बिन्दु दाहाल मूकदर्शक :

सधैँ हेर्छु जोडी परेवा बसेका
रमाई दुवै ती अँगालो कसेका
सँगै डुल्न जान्छन् कुनाकन्दरामा
म मान्छे हुँ एक्लै भएँ यो धरामा ।१२

उनी साथ बस्दा खुसी देह हुन्थ्यो
दुवैका खुसीले सधैँ व्योम छुन्थ्यो
अरे जिन्दगी यो भयो भग्न आज
बिराना भएछन् हिजोका समाज ।१३

बले अग्नि ताप्छ्न् निभे दूर भाग्छन्
मलाई सबैले दबाएर राख्छन्
विनाघाउ मेरो सधैँ दुख्छ आँत
जतै देख्छु हेप्नेहरूकै जमात ।१४

कुनै चाड आए गए छैन हर्ष
समस्या बढेमा गरिन्नन् विमर्श
म ज्यूँदै मरेको भएँ लासजस्तो
उडेको भुवा झैँ भएको छु सस्तो ।१५

म के पो सुनाऊँ कयौँ छन् गुनासा
सुनाए छिटै देखिने छ्न् तमासा
तँ लुच्चो हरामी भनी गाल पार्छन्
वृथा ती रिसाई दुवै नेत्र तर्छन् ।१६

फुटेको कुनै बाँसुरी झैँ नबज्ने
भयो जिन्दगी यो कसैमा नपच्ने
कयौँचोटि मुर्छा परेको छु रोई
थिएनन् नरो भन्नलाई न कोही ।१७

कुनै काम बिग्रे मलाई छ शङ्का
कयौंपल्ट चल्छन् बुढामाथि डङ्का
सहूँ के गरी यो सधैँ बज्रपात
भएँ निष्ठुरीको अचानो कुजात ।१८

नजाडो नगर्मी कुनै छैन याद
शिलाझैँ छ आत्मा लडेको प्रयात
म सम्झिन्छु आमा दुखे माथ छाती
सधैँ भन्नुहुन्थ्यो नबन्नू नजाती । १९

छु यो पिन्जरामा बनेँ एक पन्छी
बसेको छु भित्रै बनी दग्ध अल्छी
भयो जिन्दगी यो वृथा शुष्क भारी
नहेरूँ भयो लोक आँखा उघारी । २०

व्यथाका कथाले थिच्यो झन् मलाई
म बाँच्दै छु मेरो हियो नै जलाई
न सोचेँ म यस्तो गरी बाँच्नु पर्ला
कसो के गरे दुःख यो दर्द टर्ला ? २१

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x