फित्काैली डटकमदमकमा मनाइयो ११६ ओैँ देवकाेटा जयन्ती
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्याैपानेको अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन सहित्य कला सङ्गमकै काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

झापा, २०८० कार्तिक १५ । साहित्य कला सङ्गम दमक र प्रतिभा निकेतन दमककाे सयुक्त आयाेजनामा दमकमा ११६ ओैँ लक्ष्मी जयन्ती भव्यरूपमा मनाइएकाे छ ।
दमक नगरपालिका वडा नं. ६ स्थित देवकाेटा चाेकमा रहेकाे महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे शालिकमा माल्यार्पण गरेर सुरु भएकाे उक्त कार्यक्रममा स्रष्टाहरुले देवकाेटा सम्बन्धि रचनाहरु वाचन गरेका थिए ।
रचना वाचन गर्ने स्रष्टाहरुमा बिन्दु दाहाल मूकदर्शक, ओमप्रसाद खनाल, मेघनाथ बन्धु, यादवप्रसाद अधिकारी झाँक्रीखाेले, विवेक दुलाल क्षेत्री, अम्विका प्रसाद सापकाेटा आदि थिए ।
दमक नगर पालिका वाड नं. ६ का कार्यबाहक वडा अध्यक्ष कमल श्रेष्ठकाे प्रमुख आतिथ्य रहेकाे उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानकी प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेली, प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, दमक प्रज्ञाप्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, प्रतिभा निकेतनका संस्थापक अध्यक्ष खेमलाल पाेखरेलकाे आतिध्य रहेका थियाे ।
कार्यक्रममा स्रष्टाहरु डा. लेखनाथ न्याैपाने, दुर्गा काफ्ले, रामकुमार उपाध्याय नेपाल, गोपाल दाहाल, विरेन्द्र खड्का, प्रकाश भण्डारी, रघुनाथ भण्डारी, लता मिश्र, इन्दिरा भण्डारी, रामकुमार उपाध्याय, भुपेन्द्र तिम्सिना, हिमाल सुब्बा गुराँस, गणेश गाैतम, नारायण कृष्ण भण्डारी, नेत्र दाहाल, भक्तादेवी दाहाल, शान्तप्रसाद भट्टराई, राजन चापागाईं लगायतकाे उपस्थिति रहेकाे थियाे ।
साहित्य कला सङ्गम दमकका अध्यक्ष विष्णु न्याैपानेको अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन सहित्य कला सङ्गमकै काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
०००
-विष्णु न्याैपानेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































