साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रज्ञा-प्रतिष्ठानद्वारा देवकोटा जयन्तीमा विशेष कविगोष्ठी आयोजना

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयलाई अध्ययन अनुसन्धानको थलो र पर्टकीय गन्तव्यको रूपमा अघि बढाउन आग्रह गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ कात्तिक १४ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ओैँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय, मैतीदेवीमा ‘महाकवि देवकोटाको योगदानको परिचर्चा तथा विशेष कविगोष्ठी’को आयोजना गरेको थियोे। प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले महाकवि देवकोटाको प्रतिमा र तस्बिरमा माल्यार्पण तथा पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।

उहाँले महाकवि देवकोटालाई स्मरण गर्नु भनेको एउटा युगलाई सम्झिनु हो, युगकै सर्वोत्कृष्ट र सर्वश्रेष्ठ कविलाई सम्झिनु हो भन्नु भएको भएको थियो । कुलपति राईले त्यस समयमा नै महाकविका सिर्जनामा अग्रगामी चेतना, समावेशी चिन्तन र छुवाछूतविरुद्धको चेतना प्रखर रहेकाले नै देवकोटालाई प्रगतिवादी भन्न सकिने बताउँदै महाकवि बाँचेको मौलिक घरलाई भत्काएर नयाँ घर बनाउनु गल्ती थियोे, त्यस घरलाई रेक्ट्रोफिटिङ गरेर बचाउन पनि सकिन्थ्यो भन्ने कुरामा जोड दिनु भएको थियो। यद्यपि नवनिर्मित भवनमा महाकवि देवकोटा सङ्ग्रालय रहनु महत्त्वपूर्ण कार्य हुन सकेको बताउँदै उहाँले देवकोटामाथि खोजअनुसन्धान गर्न र साहित्यिक पर्टकीय स्थलको रूपमा अघि बढाउन लागिपर्ने बताउनु भएको थियो।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मनतव्यका क्रममा महाकवि देवकोटाको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्ने गरी प्रज्ञा-प्रतिष्ठान जोडिएर महाकवि देवकोटाको सङ्ग्रहालय बनेको छ । यसले देवकोटामाथि अध्ययन अनुसन्धान गर्न महत्त्वपूर्ण सहयोग पुगेको बताउनु भएको थियो ।

कार्यक्रमका सभाध्यक्ष एवम् प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटा बहुभाषिक कवि, स्वच्छन्दतावादी भावधारा, समावेशी र जातीय साहित्य सिर्जनालगायतका क्षेत्रमा महत्त्वपूर्ण स्थान रहेको बताउनु भएको थियो ।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयलाई अध्ययन अनुसन्धानको थलो र पर्टकीय गन्तव्यको रूपमा अघि बढाउन आग्रह गर्नु भएको थियो ।

समालोचक शेखर अर्यालले आसु कवित्वसहितका महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान बारे चर्चा गर्दै धाराप्रवाह साहित्य सिर्जना गर्नसक्ने विलक्षण प्रतिभा देवकोटाको आदर्श र मार्गमा हिँड्नुपर्ने बताउनु भएको थियो ।

यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्यत्रय शैलेन्द्र साकार, नरनाथ लुइँटेल र पुरुषोत्तम सुवेदीले कविता वाचन गर्नुभएको थियो । यसैगरी कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्रज्ञा सदस्य चेतनाथ धमला, जीवनाथ धमला, मनोज न्यौपाने, रेणुका भट्टराई, अनिता लामा, विना थिङ, गिलु रातोस् र प्रमोद सारङ्गले कविता वाचन गर्नुभएको थियोे ।

कार्यक्रमको सञ्चालन प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो ।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x