देवीप्रसाद चापागाईंकविजी को पागल ?
हामी पो पागल तिम्रो त यहाँ जमिन हैन के नमस्कार कवि अब त तिम्ले जन्मिने हैन रे हाम्रो त पालो इज्जतको टालो बल्ल पो पायौँ के बिन्ती गर्छौं नजन्म कवि हामी पो पागल रे।

देवीप्रसाद चापागाई :
के भेट्यौ तिम्ले ? के देख्यौ तिम्ले लौ आफ्नो शरीर
आँखाले सुन्यौ, कानले हेऱ्यौ फेर्केर म तिर
न सत्ता स्वाद न हात जोड्यौ उफ्रेकाे कति नि ?
रातको एक महिनाको तीन काव्यको सन्तति ।
नूनको स्वाद गुलियो हुने त्यो जिब्रो उस्तो नि
सखर दिँदा लौ तीतो हुने हौ तिमी कस्तो नि ?
लाटो पो बाठो, बाठो पो लाटो त्यो तिम्रो नजरमा
लौ सस्तो महङ्गो, महङ्गो सस्तो एउटै बजारमा ।
हामी त बाठा तिमी त लाटा इतिहास पढ न
गोजेरो पुष्ट खातामा टन्न के लाग्यो भन त
एकै त बाजी लेख्यौ नि काव्य फाल्दियौ प्रेसमा
बत्तीस पटक संशोधन हेर अहिले देशमा ।
दुब्लोले खान्छ थप्पड यहाँ बलियो हाँस्छ नि
लुलाले हेर्छ कोदालो खन्छ भ्रष्ट पो नाच्छ नि
भालाले हानी नेपाली भाषा झण्डै पो माऱ्यो नि
अहिले हेर लौ चुप बस्या दाउ छ अर्को नि।
जोग्राफी मिस्टेक वर्कले हिलले सिफारिस गरेछ
किन नि यहाँ जन्मेर तिम्ले मिस्टेक गऱ्यौ त?
हाम्रो त मिस्टेक छैन नि हेर यहाँ त जन्मेर
ठ्याक्कै मिल्ने ठ्याक्कै उस्तै इश्वरले चिनेछ ।
हामी पो पागल तिम्रो त यहाँ जमिन हैन के
नमस्कार कवि अब त तिम्ले जन्मिने हैन रे
हाम्रो त पालो इज्जतको टालो बल्ल पो पायौँ के
बिन्ती गर्छौं नजन्म कवि हामी पो पागल रे।
जोग्राफी मिस्टेक रिमाल भैरव अब पो भन्छन् है
कोही त सालो कोही त भान्जो देखिन्छन् आज चैँ
त्यसैले हामी सुहायौँ हेर दिनहुँ जसो नै
तिमी त केको पागल कवि हामी पो सुहायौं नि ।
रिमालले भिर्थे खुकुरी हेर पागल खोजेर
अर्याल गए गोकर्ण तिर बस्दिनँ भनेर
पागलैदेखि दिक्दार लागि मैनाली तर्सेर
अन्त्यमा उनको हालत पनि त्यस्तै र उस्तै त ।
लौ तिम्रो पालाँ आउथे नेता जी हजुर गर्न पो
अहिले हामी पुगेर उसकाँ मालिस गर्ने हो
तिम्रा त घर लौ हुन्थ्यो होला चरीले हगेको
हाम्री त अहिले नेताको संगत टलक्कै टल्केको ।
०००
२०८१/०७/१२
Subscribe
Login
0 Comments
Oldest









































