साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविजी को पागल ?

हामी पो पागल तिम्रो त यहाँ जमिन हैन के नमस्कार कवि अब त तिम्ले जन्मिने हैन रे हाम्रो त पालो इज्जतको टालो बल्ल पो पायौँ के बिन्ती गर्छौं नजन्म कवि हामी पो पागल रे।

Nepal Telecom ad

देवीप्रसाद चापागाई :

 के भेट्‌यौ तिम्ले ? के देख्यौ तिम्ले लौ आफ्नो शरीर
आँखाले सुन्यौ, कानले हेऱ्यौ फेर्केर म तिर
न सत्ता स्वाद न हात जोड्‌यौ उफ्रेकाे कति नि ?
रात‌को एक महिनाको तीन काव्यको सन्तति ।

नूनको स्वाद गुलियो हुने त्यो जिब्रो उस्तो नि
सखर दिँदा लौ तीतो हुने हौ तिमी कस्तो नि ?
लाटो पो बाठो, बाठो पो लाटो त्यो तिम्रो नजरमा
लौ सस्तो महङ्‌गो, महङ्‌गो सस्तो एउटै बजारमा ।

हामी त बाठा तिमी त लाटा इतिहास पढ न
गोजेरो पुष्ट खातामा टन्न के लाग्यो भन त
एकै त बाजी लेख्यौ नि काव्य फाल्दियौ प्रेस‌मा
बत्तीस पटक संशोधन हेर अहिले देशमा ।

दुब्लोले खान्छ थप्पड यहाँ बलियो हाँस्छ नि
लुलाले हेर्छ कोदालो खन्छ भ्रष्ट पो नाच्छ नि
भालाले हानी नेपाली भाषा झण्डै पो माऱ्यो नि
अहिले हेर लौ चुप बस्या दाउ छ अर्को नि।

जोग्राफी मिस्टेक वर्कले हिलले सिफारिस गरेछ
किन नि यहाँ जन्मेर तिम्ले मिस्टेक गऱ्यौ त?
हाम्रो त मिस्टेक छैन नि हेर यहाँ त जन्मेर
ठ्‌याक्कै मिल्ने ठ्‌याक्कै उस्तै इश्वरले चिनेछ ।

हामी पो पागल तिम्रो त यहाँ जमिन हैन के
नमस्कार कवि अब त तिम्ले जन्मिने हैन रे
हाम्रो त पालो इज्जतको टालो बल्ल पो पायौँ के
बिन्ती गर्छौं नजन्म कवि हामी पो पागल रे।

जोग्राफी मिस्टेक रिमाल भैरव अब पो भन्छन् है
कोही त सालो कोही त भान्जो देखिन्छन् आज चैँ
त्यसैले हामी सुहायौँ हेर दिनहुँ जसो नै
तिमी त केको पागल कवि हामी पो सुहायौं नि ।

रिमालले भिर्थे खुकुरी हेर पागल खोजेर
अर्याल गए गोकर्ण तिर बस्दिनँ भनेर
पागलैदेखि दिक्दार लागि मैनाली तर्सेर
अन्त्यमा उनको हालत पनि त्यस्तै र उस्तै त ।

लौ तिम्रो पालाँ आउथे नेता जी हजुर गर्न पो
अहिले हामी पुगेर उसकाँ मालिस गर्ने हो
तिम्रा त घर लौ हुन्थ्यो होला चरीले हगेको
हाम्री त अहिले नेताको संगत टलक्कै टल्केको ।

०००

२०८१/०७/१२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
को भैरव ?

को भैरव ?

देवीप्रसाद चापागाईं
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाईं
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाईं
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो...

देवीप्रसाद चापागाईं
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं
अपवाद

अपवाद

देवीप्रसाद चापागाईं
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x