साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिव जैशीकाे मौलिक कथाकृति ‘घटको रैबार’लोकार्पण

नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य तथा प्रा.डा. दयाराम श्रेष्ठ 'सम्भव'ले कथाकार शिवप्रसाद जैशीद्वारा लिखित कथासङ्ग्रह 'घटको रैबार'को एक समारोहबिच लोकार्पण गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य तथा प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले कथाकार शिवप्रसाद जैशीद्वारा लिखित कथासङ्ग्रह ‘घटको रैबार’को एक समारोहबिच लोकार्पण गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले आफूले पढेका हजारौँ कथाहरूमध्ये उक्त कथासङ्ग्रह भिन्न मौलिक खालको रहेको र कथा लेखनमा आफ्नै शिल्प र नवीनता रहेको चित्रण गर्नुभएको थियो । उहाँले यस कथासङ्ग्रहमा सुदूरपश्चिमस्थित अछाम जिल्लाको परम्परा, भाषा, संस्कृति र परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरेकाले कथामा नवीन रहेको बताउनुभएको थियोे ।

कार्यक्रममा पूर्वमन्त्री, नेकपा एमालेका उपमहासचिव तथा कवि प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा कवि शङ्कर कोइराला, अछाम जिल्लाका सांसद एवम् पूर्वमन्त्री शेरबहादुर कुँवर, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्य तथा स्रष्टा नरनाथ लुइँटेल, कवि तथा साझा प्रकाशनका पूर्व महाप्रबन्धक प्रल्हाद पोखरेल, गजलकार पूर्ण रावल र प्रकाशकको तर्फबाट भुँडीपुराणका प्रबन्धक केशव पराजुलीले लेखकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा कथाकार जैशीले आफ्ना बाल्यकालदेखिका विभिन्न भोगाइ, अनुभव र अनुभूतिबाट कथा लेख्न प्रेरणा मिलेको बताउनुभएको थियो । आफूले भोगेका र देखेका अनेकौँ परिवेशले नै कथासिर्जना गर्न उत्प्रेरित गरेको कथाकार जैशीको भनाइ रहेको थियो ।

उक्त ‘घटको रैबार’ कथाकृति लोकार्पण समारोहको अध्यक्षता नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङ्दीछिरिङ शेर्पाले गर्नुभएको थियोे।नेपाल टेलिकमका अधिकृत तोयानाथ भट्टराईले उद्घोषण गर्नुभएको थियो।

उक्त कार्यक्रम नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, भुँडीपुराण प्रकाशन प्रालि र नेपाल कमर्श क्याम्पस भूतपूर्व एल्मुनाइ एसोसियसनको आयोजनामा भएको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x