साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा साहित्यिक महोत्सव, २०८१ मा २६ कृतिहरूको एकैसाथ लोकार्पण

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए ।

Nepal Telecom ad

चितवन जिल्लाको राप्ती नगरपालिकामा अवस्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा शनिवार लघुकथा साहित्यिक महोत्सव, २०८१ सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए ।

संस्थाकी कोषाध्यक्ष मीठूकुमारी पाठकको स्वागत मन्तव्यसँगै भएको कार्यक्रममा गुरु सङ्गीत पाठशालाका गायन समूहले स्वागत गीतद्वारा स्वागत गरेको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियोे भने गुरु सङ्गीत पाठशालाको समूहले राष्ट्रगान गाएको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा.चूडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ वटा कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गर्नुभएको थियोे । लोकार्पित भएका लघुकथा कृतिहरूमा- १. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’, २. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’, ३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’, ४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’, ५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’, ६. कर्ण दयालकृत ‘दोपानी’, ७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’, ८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’ ९. अवधेश सिंहकृत ‘मरजाद’, १०. म्यामराज राईकृत ‘बुन्छत’, ११. कुमार काफ्लेकृत ‘सपना कतिपय’, १२. ज्यो.नानी बिवुकृत ‘इज्जत’, १३. विष्णु पन्थीकृत ‘भेटी’, १४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’, १५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’, १६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’, १७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’, १८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’, १९. विजय चालिसेकृत ‘हात्तीको दाँत’, २०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’, २१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’, २२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’, २३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’, २४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’, २५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’, २६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।

कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियोे । अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथा- कुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी हुनुहुन्छ । ‘कथा- कुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियो ।

त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियो ।
साथै कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियो । ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियो ।

साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियोे ।

त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियोे, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेको छ ।

त्यस्तै ‘लघुकथालय पुरस्कार- २०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उहाँ उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियो, जसको राशि ११,१११/- रहेको छ ।

यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान- २०८१’ र ‘वर्ष पाठक सम्मान- २०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियो । जसको पुरस्कार राशि क्रमशः ७०००/- र ५०००/- रहेको छ ।

उक्त अवसरमा मञ्चद्वारा प्रकाशित एवम् लोकार्पित २२ वटा कृतिहरूका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान- २०८१’ द्वारा सुशोभन गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मानद्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मानद्वारा हिमालयन दृष्टि मिडिया प्रा.लि. नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियो ।

त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’द्वारा हिमालयन दृष्टि प्रा.लि.का लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान- २०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मानद्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियोे ।

त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्नुहुने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक-२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियोे । प्रशंसा पत्र प्राप्त गर्नेहरूमा श्री हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) हुनुहुन्छ ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, कथा-कुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी थिए ।

०००
-वसन्त अनुभवद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x