फित्काैली डटकमप्रलेसद्वारा दुई दिने छन्द तथा लेखन प्रशिक्षण सम्पन्न
त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयका नेपाली विषयका शिक्षकहरूका लागि दुई दिने छन्द लेखन प्रशिक्षण तथा लघुकथा, कथा, निबन्ध, बालसाहित्य लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उदयपुर, २०८१ कार्तिक २४ । प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा उदयपुरले त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयका नेपाली विषयका शिक्षकहरूका लागि दुई दिने छन्द लेखन प्रशिक्षण तथा लघुकथा, कथा, निबन्ध, बालसाहित्य लेखन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईको प्रमुख आतिथ्यमा भएको उक्त प्रशिक्षणको उद्घाटन गर्दै उप मेयर राईले विद्यालयमा पढाइने शैक्षिक पाठ्यक्रममा रहेका छन्द तथा गद्य कविता, निबन्ध, कथा लगायतका विषय पढाउँदा शिक्षकहरूले पनि ज्ञान लिन पर्ने भएकोले शिक्षाको गुणस्तर वृद्धिमा यो प्रशिक्षणले सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा प्रलेस केन्द्रीय सदस्य बोध कुमार घिमिरे र प्रलेसका पूर्व राष्टिय परिषद सदस्य तथा साहित्यकार पुण्य कार्की लगायतका साहित्यकारहरूले शुभकामना मन्तव्य दिएका थिए ।
प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले दिएको जानकारी अनुसार यही कार्तिक २३ र २४ गते दुई दिन भएको प्रशिक्षणले शिक्षकहरूको अध्यापन प्रस्तुती तथा लेखन सिपको विकास हुने र विद्यार्थीहरूले पनि शिक्षकहरूबाट छन्द कविता, गद्य कविता तथा कथा निबन्ध बाल साहित्य लेखन सिपको ज्ञान आर्जनको विकास हुने छ । यसबाट भोलिका दिनमा राम्रा संस्कृति कर्मी तथा साहित्यकारहरू उत्पादन गर्न सकिने भएकोले यो प्रशिक्षणलाई विशेष महत्व दिएर सञ्चालन गरिएको बताए ।
मोतिगडा स्थित त्रियुगा जनता बहुमुखी क्बयाम्पसमा संचालन भएको यो प्रशिक्षण कार्यक्रम त्रियुगा नगरपालिकाको जनतासँग उपमेयर कार्यक्रमको आर्थिक सहयोगबाट संचालन गरिएकोे र प्रा.डा.देवी नेपालले नगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षक तथा अन्य सहभागि प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिनु भएको थियो ।
त्रियुगा नगरपालिका भित्रका सामुदायिक विद्यालयका, त्रियुगा जनता बहुमुखी क्याम्पस, बरुवा क्याम्पसका नेपाली विषयका शिक्षकहरू र प्रलेस उदयपुरमा आवद्ध भएका तथा अन्य लेखक साहित्यकार सहित ४५ जनाको सहभागिता रहेको अध्यक्ष पोखरेलले बताए ।
यस अघि यस्तो कार्यक्रम उदयपुरगढी गाउँपालिका स्तरीय प्रलेसले माध्यमिक विद्यालय नेपालटार खाटडाँडामा आयोजना गरेको थियो । जिल्लाका अन्य पालिकामा पनि यो कार्यक्रम संचालन गर्नु पर्ने आवश्यकता रहेकोले क्रमशः जिल्लाका अन्य पालिकाहरूमा पनि प्रशिक्षण संचालन गर्दै जाने योजना रहेको प्रलेस उदयपुरका अध्यक्ष पोखरेलले बताए ।
०००
– माधव पोखरेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































