साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको मासिक रचनावाचन तथा प्रतिभा पुरस्कार वितरण

भैरव स्मृति भवन जोरपाटी, नयाँ वस्तीको सभाहलमा सम्पन्न सो कार्यक्रमका प्रमुखआमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङ हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ कार्तिक २४ । अभिनव साहित्य समाज गोकर्णेश्वर जोरपाटीको २७३अ‍ौं नियमित शृङ्खला तथा मासिक रचनावाचन एवम् हरिअभिनव प्रतिभा पुरस्कार वितरण कार्यक्रम का दिन सम्पन्न भएको छ ।

भैरव स्मृति भवन जोरपाटी, नयाँ वस्तीको सभाहलमा सम्पन्न सो कार्यक्रमका प्रमुखआमन्त्रित नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष विमल अर्यालले गर्नुभयो भने सहजकर्ता शारदा पराजुली हुनुहुन्थ्यो ।

विशेष आमन्त्रितहरूमा कविहरू प्रह्लाद पोख्रेल, विजय चालिसे, वाग्मती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाल, स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरी, पुरस्कृत व्यक्तित्व प्रा डा दीर्घराज घिमिरे ,अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेदमणि हुनुहुन्थ्यो । हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार रु ३० हजार नगदसहित प्रा. डा. दीर्घराज घिमिरेलाई सम्मान गरियो ।

घिमिरेकाे व्यक्तित्व, कृतित्व परिचय गोविन्द घिमिरे वेदमणिले गराउनुभएको थियोे भने सम्मानपत्र मेनका आचार्य पोखरेलले वाचन गर्नुभएको थियो ।

सभालाई सम्बोधन गर्दै आफ्नो मन्तव्यमा प्रा.डा. दीर्घराज घिमिरेले सधन्यवाद अभिनवको उन्नयनको कामना गर्नुभयो । प्रमुख आमन्त्रित डा जगमान गुरुङले घिमिरेहरूको बिर्ता घमिर गुल्मी हो भन्ने बताउँदै राजालाई सुरक्षा गर्ने प्रसङ्गमा दुराको नाम्लो, घिमिरेको काम्लोको कथा जोड्नुभएको थियो । गौतम थरका ब्राह्मण र क्षेत्रिनी आमाका छोरा स्वर्गद्वारी महाप्रभु भएको कुरा पनि प्रसङ्गवश भन्नुभयो । अध्यक्ष विमल अर्यालबाट सधन्यवाद सभा समापन गर्नुभयो ।

कार्यक्रममा गोपाल बराल, दिवाकर न्यौपाने, परशुराम परासर, घनश्याम प्रसाईं, भावना नेउपाने, सुशील आचार्य, सरिता घिमिरे, मधुसूदनप्रसाद घिमिरे, प्रकाश बस्नेत गफाडी, प्रतीक घिमिरे, महेश्वर खनाल, ठाकुरप्रसाद खतिवडा, कृष्णप्रसाद पौडेल, जस्ताघरे, कविराज घिमिरे, राजेन्द्र बर्तौला, शम्भु गजुरेल, गणेश खतिवडा, विजयध्वज थापा, गणेश खतिवडा, शम्भु गजुरेल, पुनम घिमिरे, बालचन्द्र मिश्र, मेनका आचार्य, दुर्गा भवानी भट्ट, खोलाघरे साहिंलो, नानीबाबा अधिकारी, एन बी जनकपुरी, विशुकुमार केसी, सर्वानन्द सरस्वती, बद्रीप्रसाद दाहाल, गोविन्द सङ्गत महर्जन, शान्ति रिसाल लगायतका कविगणले कविता, गजल, मुक्तक, काँठे भाका आदि वाचन गर्नुभएको थियो ।

अप्सरा ढकाल, दुर्गा अधिकारी भँमरकोटे,परशुराम परासर, घनश्याम प्रसाईं, जयराम विडारी, एञ्जेल नीलू, सुमन पुडासैनी, बीपी इलामे लगायत ८० जनाजति साहित्यकर्मी, साहित्यानुरागीहरूको शाली उपस्थिति रहेको थियो ।

०००
-खाेलाघरे साहिँलाेकाे साैजन्यमा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wedmani Ghimire
Wedmani Ghimire
1 year ago

धेरै धेरै धन्यवाद छ नरनाथ लगायत फित्काैली परिबार र खाेलाघरेज्यू पनि

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x