फित्काैली डटकमभुजेल भाषाको साहित्य’ बारे विज्ञको चासो र चिन्ता !
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको उल्लेख गर्दै प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला सुरु गरेको बताउनु भएको थियो ।

काठमाडौँ, २०८१ मङ्सिर ३० । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ‘मातृभाषा साहित्यको ‘१६अौँ शृङ्खलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न गरेको थियो ।
यस अवसरमा भुजेलभाषा अध्येता विशम प्हुगालद्वारा लिखित ‘भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो।
‘प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश हो। त्यसैले प्रज्ञा- प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृङ्खला सुरु गरेको बताउनु भएको थियो । उहाँले बहुभाषिक समुदायको जागरुकता र अभियानले मात्रै जनजातिको भूगोल, संस्कृति, इतिहास र सभ्यता जर्गेना हुन सक्ने बताउनु भएको थियो।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै स्वागत मनतव्यका क्रममा मातृभाषा साहित्य शृङ्खला सुरु भएदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्ने र अनुसन्धान गर्न सक्ने अवसर मिलेको छ। यस कार्यक्रमले जनजातीय स्रष्टामा ऊर्जा र उत्साह थपेको बताउनु भएको थियो।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जनजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकालीओराली र आरोहअवरोहलाई बुझ्न मातृभाषा साहित्य शृङ्खला महत्त्वपूर्ण गाथा बनेको बताउनु भएको थियो ।
कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धुन प्रस्तुत गर्नुभएको थियो । साथै, कुलुङ भाषाका कवि फुलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेहा झाले कविता वाचन गर्नुभएको थियो ।
यसैगरी भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि प्राज्ञ डा.विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले आआफ्ना जिज्ञासा र सुझाव प्रस्तुत गर्नु भएको थियोे । उक्त कार्यक्रमको उद्घोषण प्राज्ञ चेतनाथ धमलाले गर्नुभएको थियो।
०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































