फित्काैली डटकम‘व्यथित साहित्य सम्मान’ बाट साहित्यकार विजय चालिसे सम्मानित
साहित्य सदन नेपालले संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित २०८१ सालको ‘व्यथित साहित्य सम्मान’ ले चालिसेलाई सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्व चालिसेलाई प्रमुख अतिथि प्रा.डा.पद्मप्रसाद देवकोटाले सम्मान पत्र हस्तान्तरण गर्नु भयो ।

काठमाडाैं, २०८१ कार्तिक ३० । साहित्य सदन नेपालले वरिष्ठ साहित्यकार विजय चालिसेलाई सम्मान गरेको छ । साहित्य सदन नेपालले संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित २०८१ सालको ‘व्यथित साहित्य सम्मान’ ले चालिसेलाई सम्मानित गरिएको हो ।
सम्मानित व्यक्तित्व चालिसेलाई प्रमुख अतिथि प्रा.डा.पद्मप्रसाद देवकोटाले सम्मान पत्र हस्तान्तरण गर्नु भयो । चालिसेले साहित्य सृजना, आमसञ्चार र साहित्यिक संस्थाहरूको स्थापना र उन्नयनमा समर्पित रहि दिनु भएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरेको हो । चालिसेलाई सम्मानका साथमा नगद पुरस्कार रु. २० हजार समेत हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सम्मानित व्यक्तित्व चालिसेले सम्मानका लागि धन्यवाद व्यक्त गर्नु हुँदै सम्मानले दायित्व बढेको बताउनु भयो । उहाँले आगामि दिनमा साहित्य सिर्जनामा निरन्तर लागिरहने बताउनु भयो ।
चालिसेका वैदिक पृष्ठभूमिमा आधारित ‘युगसन्धि’ उपन्यास, सामाजिक उपन्यास ‘अनि कुईरो फाट्छ’ – २०३६ लगायत ७ वटा कथा सङ्ग्रह समेत हालसम्म ५५ वटा साहित्यिक पुस्तक प्रकाशित छन् ।
कार्यक्रम साहित्य सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के.के. कर्माचार्य, वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल, संविधानसभा सदस्य रामेश्वर फुयाल, साहित्यकार परशुराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम सञ्चालन छन्दकवि तथा साहित्य सदन नेपालका सचिव प्रल्हाद पोखरेलले गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































