कर्मदाको ४३ औँ स्वतन्त्र काव्यगोष्ठीसँगै छैटौँ स्थापना दिवस
जगदीशश्वर पोख्रेलको अध्यक्षतामा र प्रमुख आमन्त्रित वरिष्ठकवि नारायणप्रसाद पोखरेल ज्यू, विशिष्ट अतिथि हरिकुमार श्रेष्ठ ज्यूको उपस्थितिमा सम्पन्न भएकाे हाे ।
लमजुङ, २०८१ मङ्सिर २२ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार लमजुङको ४३ औँ स्वतन्त्र काव्यगोष्ठी, छैटौँ स्थापना दिवस तथा तेस्रो अधिवेशन संस्थाका अध्यक्ष जगदीशश्वर पोख्रेलको अध्यक्षतामा सम्पन्न भयाे ।
प्रमुख आमन्त्रित वरिष्ठकवि नारायणप्रसाद पोखरेल ज्यू, विशिष्ट अतिथि हरिकुमार श्रेष्ठ ज्यूको गरिमामय उपस्थितिमा भव्य किसिमले सम्पन्न भयो ।
कार्यक्रमको सञ्चालक संस्थाका सचिव रामप्रसाद गुरुङले र सहसचिव युवराज खनालले कुशलता पूर्वक सञ्चालन गर्नु भएको गर्नु भएको थियो । वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले संस्थको संक्षिप्त गतिविधि तथा स्वागत गर्नुभएको थियो ।
नेपालको राष्ट्र गान गाएर कार्यक्रम प्रारम्भ गरिएको थियो । शहीदमा श्रद्धा सुमन अर्पण गर्न १ मिनेट मौन धारण गरिएको थियो । स्थापना दिवसको उद्घाटन प्रमुख अतिथिले व्यानर वाचन र कपुरको वृक्ष रोपेर गर्नु भएको थियो । सो अवसरमा अध्यक्षले सञ्चालक समितो प्रतिवेदन प्रसतुत गर्नु भयो । कोषाध्यक्ष भूमिनन्दन तिमलसेनाले कोषको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आजीवन सदस्य तथा साहित्य प्रेमी अनुरागी, विभिन्न संस्थाका गरी १२० जनाको सहभागिता भएको थियो । अध्यक्ष जगदीशश्वर पोखरेलले अक्षयकोषको लागि एकलाख एक हजारको चेक संस्थालाई हस्तान्तरण गर्नु भएको थियो ।
आजीवन सदस्यलाई प्रमाणपत्रले विभूषण गरियो । कार्यसमितिका पदाधिकारी रामप्रसाद गुरुङ, लक्ष्मीप्रसाद मिश्र र भूमिनन्दन तिमलसेनालाई सम्मान गरियो । रेडियो चौतारी, रेडियो मर्स्याङ्दी, रेडियो भोटेवडार, तथा मर्स्याङ्दी आधारभूत विद्यालयलाई सम्मान गरिएको थियो ।
आजको रचना वाचनमा निम्न कविहरूको सहभागिता रहेको थियो । नारायणप्रसाद पोखरेल, तीर्थराज अधिकारी, खुशीराम डौलिया, जगदीश्वर पोखरेल, लक्ष्मीप्रसाद मिश्र, शारदा पाण्डे, वसन्त अधिकारी, हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित नारायणप्रसाद पोखरेल ज्यूले कर्मदा सिर्जना मञ्च नेपालले नेपाली भाषा सायित्यको श्री वृद्धि गर्न को लागि कविगोष्ठी गरिरहे को छ । छैटौँ स्थापना दिवस भव्य रूपमा सम्पन्न गऱ्यो भन्नु भयो । आफ्नो भाषा बचाउनु पर्छ भन्नु भयो । कर्मदा सिर्जना मञ्चलाई उन्नयनको लागि शुभकामना दिनु भएको थियो ।
सभाध्यक्ष पोखरेलले छैटौँ स्थापना दिवस सफल बनाइ दिनु हुने सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्नु भयो । पहिलो सत्र समापन भएको घोषणा गर्दै वर्तमान कार्य समिति भङ्ग भएको घोषणा गरेर निर्वाचन आधिकृत डिल्लीमान श्रेष्ठलाई नयाँ कार्यसमिति चयन गर्न विधानको अधिनमा रही कार्य सम्पन्न गर्न मञ्च प्रदान गर्नु भयो । तीन सदस्सीय अधिकृत डिल्लीमान श्रेष्ठ सदस्य उमाकान्त न्यौपाने र रामहरि न्यौपानेको निर्वाचन मण्डलले निम्न बमोजिमको कार्यसमिति चयन गरेको थियो ।
१) अध्यक्ष जगदीशश्वर पोखरेल २) उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्र ३) उपाध्यक्ष रामप्रसाद गुरुङ ४) उपाध्यक्ष पुष्पादेवी मिश्र ५) उपाध्यक्ष भूमिनन्दन तिमलसेना, ६) सचिव विष्णुप्रसाद पौडेल ७) कोषाध्यक्ष शुक्रबहादुर धिकारी ८) सहसचिव प्रकाशचन्द्र पोखरेल ९) सदस्य बलिन्द्र के सी १०) सदस्य प्रतिमाया गुरुङ ११) सदस्य शारदा विसुराल पण्डे १२) सदस्य कमल अधिकारी १३) सदस्य बुद्धिबहादुर खड्का १४) सदस्य राममाया साही १५) सदस्य रामकृष्ण अधिकारी नव निर्वाचित अध्यक्ष जगदिशश्वर पोखरेलले निर्वाचन मण्डलका पदाधिकारीहरूलाई कदरपत्र दिदै निर्वाचन सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिनु भयो ।
निर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै कार्यकालको सफलताको लागि शुभकामना दिनु भयो । अन्तमा सम्पूर्ण सहभागीलाई धन्यवाद दिनु भयो ।
०००
– जगदीश्वर पाेखरेलकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest