साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहको कर्म

स्वप्नमा गड्याङगुडुङ शब्द मिश्रित आवाज पुनः तेस्रो पटक पनि दोहोरियो । अट्टाहासमा कोही कराउँदै थियो ।“ सिंह तिम्रो हृदय सकारात्मक परिवर्तन भई तिमीले जीवन पहिलो पटक राम्रो कार्यको थालनी गर्न लागेकोमा म निकै खुशी छु ।

Nepal Telecom ad

गोपी थापामगर (विरही) :

कुनै एकादेशमा एउटा विशाल जंगल थियो । जंगलमा विविध प्रजातिका चराचुरुङ्गी, जंगली जनावर र महत्वपूर्ण वनस्पतिहरु पाइन्थ्यो । थरिथरिका विभिन्न प्रजातिका फलफूल प्रशस्त मात्रमा पाइने हुनाले जंगल निकै हरियाली मनोमहक देखिन्थ्यो । यहि जंगलको समिपमा सानो तथा सहर थियो । सहरको नाउँ मजुर थियो । मजुर नामक यो सहर पंक्षीको एक प्रजातिको नाउँबाट नामाङ्करण गरिएको थियो । यहि सहरमा एक नाम चलेको सरकारी स्वामित्वमा रहेको आयुर्वेदिक औषधि तथा मह उत्पादन गर्ने ठूलो कम्पनी थियो ।

सिंह, गिद्ध, ब्वाँसा, स्यालहरु र धेरै संख्यामा मौरीहरु त्यस कम्पनीका कारिन्दा थिए । जंगलमा धेरै क्षेत्रफलमा जडीबुटीहरु लगाइएको थियो । यहाँ लगाइएका महत्वपूणर् जडीबुटीहरुलाई प्रशोधन गरी विविध रोगहरुमा प्रयोग हुने आयुर्वेदिक औषधिहरु तयार गरिन्थ्यो एकातिर भने अर्कोतिर जंगलमा पाइने विविध प्रजातिका फूलहरुको रस संकलन गरी मह तयार गरिन्थ्यो । मौरीहरु अत्यन्तै लगनशील मेहनती र इमान्दारी थिए । फलस्वरुप उनिहरुका लनगनशील कर्मले कम्पनीबाट धेरै शुद्ध मह तथा आयुर्वेदिक औषधिहरु उत्पादन हुने गर्दथ्यो । यसले गर्दा कम्पनीले आफ्नो मुनाफा राम्ररी नै कमाउन सफल भएको थियो । मह तथा औषधिमा गुणस्तरीता भएको हुनाले यहाँ उत्पादित मह र औषधि स्वदेशका साथै विदेशमा समेत निर्यात् हुने गर्दथ्यो ।

वर्षभरि नै उत्पादन गरी संकलित मह र औषधिलाई ठेक्का प्रकृयाद्वारा निकासी गरिन्थ्यो र यसबाट प्राप्त लाखौ करोडौँ कमिशनको बिटा सिंह, गिद्ध, ब्वाँसा, स्यालहरुको पोल्टामा जान्थ्यो । सेवाभाव भन्दा पनि दुइनम्बरी कमाउ धन्दामा लिप्त थिए उनीहरु । दिनप्रति कम्पनी फस्टाउँदै गइरहेको हुनाले यसको फाइदा उनीहरुले लुट्नसम्म लुटिरहेका थिए बक्र दृष्टिले । यस्ता स्वभावले गर्दा बडोमा खतरनाक कहलिएका थिए उनीहरु बहिरी दुनियाँमा । बाहिरी केही बोल्दैनथ्यो,सबैलाई मिलनसार व्वयहार गर्थ्याे तर वास्तविकतामा यस्तो थिएन भित्री स्वरुप कुरुप थियो उनीहरुका । उनीहरुका वास्तविक व्यवहार धमिरा र करौती काठेकीरा जस्तै थियो ।

सिंह, गिद्ध, ब्वाँसा र स्यालहरुको अत्याचारी हर्कत सबै सामु अवगत नै थियो । कार्यालयका हरेक क्रियाकलापमा उनीहरुकै एकछत्र राज चल्थ्यो । आफ्नै अनुकुलित निर्णयहरू नेपाली कागजमा लिपिबद्ध गरिन्थ्यो र हस्ताक्षरको माध्यमद्वारा सदर गराइ दस्तावेजको रुपमा स्टीलको दराजमा थन्क्याइन्थ्यो । कम्पनीमा आफ्नै आसेपासेहरु ठूलो संख्यामा प्रवेश गराइ भर्ति गरिन्थ्यो बिना विज्ञापन अनैतिक ढंगले ।
यसरी अत्याचारीहरुको अखडा मन्दिर भित्र प्रवेश गर्दा द्रव्य भेटी समेत चढाएको भन्ने बाहिरी हावा चल्दा पनि यस्ता गम्भीर विषयहरुमा चुइक्क कोही पनि बोल्दैनथ्यो सत्य तथ्य घट्नाहरुलाई स्वतन्त्र,निष्पक्ष ढंगले बाहिर ल्याउने जिम्मेवारी बोकेका राज्यको चौथो अंग पनि यस विषयमा मौन देखिन्थ्यो ।

मौरी कर्मचारीहरु नियम कानुन् र विधि विधान्लाई शिरोपर गरी कार्यालयमा आफ्नो दैनिक जिम्मेवारी बहन गरिरहन्थे । तर मौरी कर्मचारीहरुले प्राप्त गर्नु पर्ने पारिश्रम वैज्ञानिक ढंगले निर्धारण गरिएको थिएन । कपटपूर्ण तवरले निर्धारित पारिश्रममा प्रायजसो तल्लो दर्जाका मौरी कर्मचारीहरुका चित्त दुखाइको विषय बनेको थियो भने सरकारी तवरबाट बढाइएको निर्धारित पारिश्रम नदिई जालझेल गरिएकोमा पन्ध्र सोह्र वर्षदेखि दरबन्दीमा कार्यरत तल्लो दर्जाका मौरी कर्मचारीहरु झन धेरै मारमा परिरहेका थिए । ती भ्रष्ट प्रवृत्तिका सिंह, गिद्ध, ब्वाँसा र स्यालहरुको दरिद्र अत्याचारी व्यवहारले कम्पनीमा कार्यरत मौरीहरु र गैरमौरीहरु भित्रभित्रै आन्दोलित थिए । वर्षौ वर्षदेखि कार्यरत पीडित मौरीहरुको यथार्थ पिर मर्का बुझ्ने र गुनासो सुनुवाइ गर्ने कुनै निकाय थिएन । यति धेरै नाम चलेको कम्पनी अब रणभूमिमा परिणत हुने लगभग पक्का थियो ।

पीडित मौरीहरुका जायज मागहरु सम्बोधन नगरी लात हान्ने यस्ता दुष्ट चरित्रका कुपात्रहरु सिंह, गिद्ध, ब्वाँसा, र स्यालहरुका विरुद्ध अब के गर्ने ? भन्ने विषयमा मौरी कर्मचारीहरु बिच छलफल कार्य सम्पन्न भयो । उक्त छलफलबाट रात्रीकालिन भोजको आयोजना गर्ने र सोही भोजमा अत्याचारीहरुमाथि आक्रमण गर्ने निचोड निस्कियो अन्तिममा । तद् अनुरुप विशाल भोजको लागि तिथि, मिति र स्थान तय गरियो । खानाका विभिन्न मिष्ठान्न परिकारहरुको पनि चाँजो मिलाइयो । सम्पूर्ण उच्च पदस्थ कर्मचाहरुलाई भोजमा सहभागीको लागि निमन्त्रणा गरियो ।

मौरी कर्मचारीहरुद्वारा निर्धारित कार्यक्रम हुनुभन्दा एक दिन अगावैको रात सिंहको स्वप्नमा करिव एक घन्टाजति नै एक किसिमको अनौठो आवाज आयो मेघगर्जन जस्तै । आवाजमा शब्द मिश्रित थियो । गम्भीर भएर कोही बोलिरहेको आवाज सिंहको कानमा गुञ्जायमान हुन पुग्यो । “सिंह तिमी लगायत तिमी मातहतका केही कर्मचारीहरुको दुष्कर्मले तिम्रो कम्पनीमा अनिष्ठ हुँदैछ । तिमीहरुले कर्तव्यनिष्ठ कर्मचारीहरुमाथि कपटपूर्ण व्यवहार गदै आइरहेका छौँ । स्वार्थ पूरा गर्नका लागि जस्तोसुकै कुकर्म गर्न पछि पर्दैनौँ तिमीहरु । तिमीहरुका यस्तै दुर्व्यवहारले आजित पीडित मौरी कर्मचारीहरुले तिमीहरुमाथि आक्रमण गर्ने निर्णय गरेका छन् । अब तिम्रो कम्पनीमा दरार आउनेछ…. दरार आउनेछ…. दरार आउनेछ…. दरार…।”

यतिकैमा सिंहको आँखा खुल्यो । सिंह निकै त्रासमा थियो । सुस्तरी बिस्तरा समीपमा रहेको पानी पियो उसले घट्ट… घट्ट । भित्ते घडीले यतिबेला ठ्याक्कै रातको बाह्र बजेको संकेत गरिरहेको थियो, टिङ… टिङ…आवाजबाट ।

पानी पिइसकेपछि सिहं पुनः पल्टियो आफ्नो बिस्तरामा । मनमा अनेक तर्कना खेलाउँदा खेलाउँदै निदरीले उसको आँखा छोपिदियो । स्वप्नमा गड्याङगुडुङ शब्द मिश्रित आवाज पुनः दोहोरियो । गम्भीरता पूर्वक कोही कराउँदै थियो अट्टाहासमा । “ताहाँको पृथ्वीलोक विचित्रको छ । विचित्रको लोक जहाँ लोभ, लालच, ईर्ष्या डाहा जस्ता कुकर्मले आक्रान्त छ । जसले गर्दा पापकर्मको जन्जिरमा बाँधिएको छ संसार ।

पृथ्वीलोकका प्राणीहरु अन्याय अत्याचार शोषण दमनले जर्जर बनिरहेका छन् । उच्च पदस्थहरुका जघन्य कर्मले पीडितहरु पीडाको आहालमा चुर्लुम्म डुबिरहेका छन् र हन्डर खाइरहेका छन् । सिंह तिमीले पनि पाप कर्म गर्दै आइरहेका छौ । यसको लेखा मैले राखेको छु ।” सिंह मस्त निद्राबाट ब्युँतियो । आँखा खुल्दा उसको हात खुट्टा ठेगानामा थिएन । शरीरमा कम्पनन उत्पन्न भइरहेको थियो भुकम्प आए जस्तै गरी थर्र… थर्र…। यतिकैमा रात कटेर बिहानमा परिणत भयो समय । त्यतिबेला भित्ते घडीले बिहान छ बजेको संकेत गर्दै थियो टिङ्ग… टिङ्ग….धुनबाट । रात्रीकालिन घट्ना क्रमले सिंहको मगजमा असर गरिरहेको थियो ।

यसले गर्दा उसको मुहारमा विनम्रताको भाव झल्किरहेको रहेको थियो । मर्निङ्गवर्कमा पैदल हिँडेका गिद्ध, ब्वाँसा र स्यालहरु आफ्नो कोठामा बोलाइ रात्रीकालिन घट्नाको नालिवेली सुनायो । उनीहरु तिनछक्क परे ।अब हामीले हाम्रो कम्पनी राम्रो बनाउनका लागि हाम्रो सोँच चिन्तन सकारात्मक बन्नु पर्छ नत्रभने हाम्रो कम्पनी एक दिन रणभूमि हुनेछ । हाम्रो अत्याचारी गतिविधिले वर्षैां वर्षदखि यस कम्पनी कार्यरत कर्मचारीहरु पीडित बनिरहेका छन् । यस बारेमा पनि हाम्रो ध्यान सकारात्मक बनाउनु पर्नेछ । यत्तिकैमा सिंहले आफ्नो भनाइमा पूणर्विराम लगायो । सिंहद्वारा प्रष्फुटित विचारले गिद्ध, ब्वाँसा, र स्यालहरुको भावनामा पनि सकारात्मक छाप बस्यो । सिंहको हरेक क्रियाकलापमा साथ दिदैैँ जाने ऐक्यबद्धता जाहेर गरे उनीहरुले ।

सिंह ठिक दस बजे कार्यालयमा हाजिर भइ उसले सम्पूर्ण कार्यरत कर्मचारीहरुलाई बोलायो । ठूलो संख्यामा कर्मचारीहरु भेला भए । आफूहरुले विगतमा गरेका गल्ती कमीकमजोरीहरुलाई प्रायश्चित्त गर्दै अब उप्रान्त यस्तो गलत गतिविधिहरु नहुने र कार्यालयका हरेक क्रियाकलाहरु सकारात्मक ढंगले अगाडि बढाउदै लैजाने कुरा व्यक्त गर्‍यो । सिहंले मन्तव्यकै क्रममा बोल्यो फेरि “कर्मचारीहरु कार्यालय संचालनको अभिन्न अंग भएकोले श्रमजिवी सम्पूर्ण कर्मचारीहरुका पीर मर्का र समस्याहरु सम्बोधन गरी उच्च मनोबल साथ काम गर्नें वातावरण तय गरिने । श्रमजिवी कर्मचारीहरुले खाइपाइ आएको पारिश्रम दयनीय रहेकोले बढ्दो महंगीको भार थेग्न नसक्ने र कर्मचारीहरुमा निराशा उत्पन्न भइ आत्मदाहको संभावना प्रबल भएकोले धरै वर्षदेखि कार्यरत श्रमजिवीहरुको पारिश्रम वैज्ञानिक ढंगले निर्धाण गरी सोहि अनुसारको पारिश्रमिक लागु गरिनेछ । यसले गर्दा वषौदेखि न्युन पारिश्रकमा काम गर्दै आइरहेका कर्मचारीहरुलाई राहत मिल्नेछ ।”

सिंहको यस्तो किसिमको मन्तव्यले वर्षै देखि पीडित श्रमजिवीहरुमा हर्षको वर्षात भयो । एकै छिनमा वतावरण नै अर्कै भयो । सिंहको यस्तो मन्तव्यले सबै दंग परे र भावुक पनि भए । सिंह गिद्ध ब्वाँसा र स्यालहरुका विचार सिदान्त तथा लक्ष्यमा सकारात्मक सुधार आएकोले पूर्व निर्धारित रात्रिकालिन भोजमा आक्रमण नगरी निजहरुलाई स्वागत सत्कारका साथ सम्मान गर्ने निर्णय पारित गर्यो मौरी कर्मचारीहरुले । सोही बमोजिम हासीखुसी साथ रात्रीकालिन भोज कार्यक्रम सौहार्द्रपूर्ण वातावरणमा समापन भयो । रणभूमिमा परिणत हुन लागेको कम्पनी अब शान्ति भूमिमा परिणत भएकोमा सबै दङ्ग थिए ।

जीवनमा राम्रो गर्दा राम्रै फल पाइने कुरा मनमा गुन्दै विस्तरामा पल्टियो सिंह वर्षैवर्ष देखि अन्यायमा परेकाहरुका आवाज बनेर काम गर्ने, र दीन दुखीहरुका घाउमा मलम पट्टी लगाइदिने कुरा सोच्दा सोच्दै फेरि सिंहको आँखा छोपिदियो निदरीले । स्वप्नमा गड्याङगुडुङ शब्द मिश्रित आवाज पुनः तेस्रो पटक पनि दोहोरियो । अट्टाहासमा कोही कराउँदै थियो ।“ सिंह तिम्रो हृदय सकारात्मक परिवर्तन भई तिमीले जीवन पहिलो पटक राम्रो कार्यको थालनी गर्न लागेकोमा म निकै खुशी छु, तिमीले अब आवाज विहिनहरुको आवाज बनेर काम गर्नु, दीन दुखी दरिद्रहरुको सेवा गर्नु राम्रो हेतुले, आवश्यकता भन्दा बढी लालसामा लिप्त नहुनु,सबैको भलो चिताउनु तिम्रा कर्मचारीहरुले पाउनुपर्ने वास्तविक पारिश्रमिक दिनु भेदभाग नगर्नु, यदि पहिलेको जस्तै अन्याय अत्याचारी व्यवहार पुनः दोहोरियो भने राम्रो हुने छैन । तिम्रो मृत्यु पश्चात् नर्कको बास हुनेछ यति कुरा याद राख्नु…. याद राख्नु…याद राख्नु ।” यतिकैमा सिंहको आँखा उघ्रियो निन्द्राबा । भित्ते घडीले यतिबेला ठ्याक्कै रातको बाह्र बजेको संकेत गरिरहेको थियो, टिङ… टिङ… आवाजबाट । उठेर पानी पिएर बिस्तरामै पल्टियो ।

भित्ते घडीको टिङ… टिङ…. बजिरहेको हर्नले सिंहको आँखा खुल्यो । यति बेला बिहान छ बजेको थियो । मन्दिरमा गइ आफूले गरेको सम्पूर्ण पाप कर्मको प्रायश्चित्त गर्दै अब यस्तो कार्य नदोहोरिने प्रार्थना गरि सिंह आफ्नो गन्तव्यमा प्रस्थान गर्‍यो ।

०००
क.न.पा. ५ सिन्धुली
हाल सिन्धुली अस्पताल, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
बाध्य छ, यो जिन्दगीलाई

बाध्य छ, यो जिन्दगीलाई

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x