साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगी

खालि धूलो फोहर मात्रै गन्दा भयो जिन्दगी जसोतसो काम चलाउ धन्दा भयो जिन्दगी । बतासैले हल्लाउँछ कायर भयो जिन्दगी आन्दोलनमा जल्ने मात्रै टायर भयो जिन्दगी ।

Nepal Telecom ad

चल्ला कोरल्दै नकोरल्ने अण्डा भयो जिन्दगी
सधैँ शीर झुकाउने, झण्डा भयो जिन्दगी ।
जसले पनि आई बजाउँछ घण्टा भयो जिन्दगी
चिसो चिसो धेरै चिसो ठण्डा भयो जिन्दगी ।

टुक्रा टुक्रा किताबको गाता भयो जिन्दगी
केर्र्ने मेट्ने थोत्रो ठेली खाता भयो जिन्दगी ।
एकादेशमा एकादेशको कथा भयो जिन्दगी
घरि—घरि बल्झि रहने व्यथा भयो जिन्दगी ।

मसानघाटको सुनसान चिहान भयो जिन्दगी
सधैं हुस्सु लागिरहने विहान भयो जिन्दगी ।
रङ्गहिन गन्धहिन पानी भयो जिन्दगी
सपना सबै पुरिएको खानी भयो जिन्दगी ।

कतै होचो कतै अग्लो डाँडाँ भयो जिन्दगी
चस्स चस्स बिझाउने काँडा भयो जिन्दगी ।
खालि धूलो फोहर मात्रै गन्दा भयो जिन्दगी
जसोतसो काम चलाउ धन्दा भयो जिन्दगी ।

बतासैले हल्लाउँछ कायर भयो जिन्दगी
आन्दोलनमा जल्ने मात्रै टायर भयो जिन्दगी ।

०००
क.न.पा ५, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको कर्म

सिंहको कर्म

गोपी थापा मगर ‘विरही’
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
बाध्य छ, यो जिन्दगीलाई

बाध्य छ, यो जिन्दगीलाई

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x