सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाध्य छ, यो जिन्दगीलाई

हिमायती यमराजहरूले आफ्नै अनुकुलतामा खेलाइएका कुनीतिपूर्ण कुपोषित खेलहरू हेर्न बाध्य छ यो जिन्दगीलाई ।

Nepal Telecom ad

रङ्गिन सपनाहरू
प्रतिबिम्बित छायाँ बनाएर
जिस्काउन बाध्य छ
यो जिन्दगीलाई ।

जँड्याहा र पागलजस्तै
आफ्नो निश्चित गति छाडेर
आफ्नै तालमा
धर्खराउँदै नाच्न बाध्य छ
यो जिन्दगीलाई ।

श्रृङ्गारिक आशाबादी मनलाई
स्खलन गरेर निराशाका गर्भाधान
गराउन बाध्य छ
यो जिन्दगीलाई ।

आफू सदा काकाकुल बनेर
अरुको प्यास मेटाउन बाध्य छ
यो जिन्दगीलाई ।

लाचार बनेर सधैँ—सधैँ
साला ! बेइन्साफी पाजीहरूको
दुर्गन्धित पाउको दुर्गन्धित धुलो
पुछ्न बाध्य छ
यो जिन्दगीलाई ।

हिमायती यमराजहरूले
आफ्नै अनुकुलतामा खेलाइएका
कुनीतिपूर्ण कुपोषित खेलहरू
हेर्न बाध्य छ
यो जिन्दगीलाई ।

०००
सिन्धुली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जुत्ता

जुत्ता

ठाकुर बेलबासे
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
आफ्ना खास

आफ्ना खास

रामदेव पाण्डे