साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाध्य छ, यो जिन्दगीलाई

हिमायती यमराजहरूले आफ्नै अनुकुलतामा खेलाइएका कुनीतिपूर्ण कुपोषित खेलहरू हेर्न बाध्य छ यो जिन्दगीलाई ।

Nepal Telecom ad

रङ्गिन सपनाहरू
प्रतिबिम्बित छायाँ बनाएर
जिस्काउन बाध्य छ
यो जिन्दगीलाई ।

जँड्याहा र पागलजस्तै
आफ्नो निश्चित गति छाडेर
आफ्नै तालमा
धर्खराउँदै नाच्न बाध्य छ
यो जिन्दगीलाई ।

श्रृङ्गारिक आशाबादी मनलाई
स्खलन गरेर निराशाका गर्भाधान
गराउन बाध्य छ
यो जिन्दगीलाई ।

आफू सदा काकाकुल बनेर
अरुको प्यास मेटाउन बाध्य छ
यो जिन्दगीलाई ।

लाचार बनेर सधैँ—सधैँ
साला ! बेइन्साफी पाजीहरूको
दुर्गन्धित पाउको दुर्गन्धित धुलो
पुछ्न बाध्य छ
यो जिन्दगीलाई ।

हिमायती यमराजहरूले
आफ्नै अनुकुलतामा खेलाइएका
कुनीतिपूर्ण कुपोषित खेलहरू
हेर्न बाध्य छ
यो जिन्दगीलाई ।

०००
सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको कर्म

सिंहको कर्म

गोपी थापा मगर ‘विरही’
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x