साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘लीलाध्वज स्रष्टा सम्मान’द्वारा तिलक लुइटेल सम्मानित

कार्यक्रममा चारै वेदलाई नेपाली भाषामा अनुवाद गर्नाका साथै चालीसभन्दा बढी कृति प्रकाशित गरिसक्नुभएका श्री तिलकप्रसाद लुईंटेलज्यूलाई ‘लीलाध्वज स्रष्टा सम्मान’ले सम्मानित गरियो ।

Nepal Telecom ad

लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ २०७९ मङ्सिर १० शनिवारका दिन सम्पन्न भयो ।

कार्यक्रममा चारै वेदलाई नेपाली भाषामा अनुवाद गर्नाका साथै चालीसभन्दा बढी कृति प्रकाशित गरिसक्नुभएका श्री तिलकप्रसाद लुईंटेलज्यूलाई ‘लीलाध्वज स्रष्टा सम्मान’ले सम्मानित गरियो । उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो ।

सम्मानित हुनुभएका स्रष्टा श्री तिलकप्रसाद लुईंटेलले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हांस्यव्यङ्ग्य, कविता आदि लेख्नु भएको र उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएकोले नै आम मानिसमा चर्चित भएक़ो, समाजमा भएका विकृति विसंगतिलाई नङ्ग्याउन सफल हुनाको साथै नेपाली साहित्यमा कोशेढुंगा सावित हुन सकेको हो । त्यस्ता साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको छ भन्नुभयो । साथै वेदका सार संक्षिप्तमा व्याख्या गरी अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साहित्यिक पत्रकार तथा प्रसिद्ध नियात्राकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार तिलकप्रसाद लुईंटेलमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले चारै वेदको अनुवाद गरी अतुलनीय कार्य गरेको भन्दै प्रशंसा गर्नुका साथै उहाँ जस्ता स्रष्टाहरूप्रति राज्यको ध्यान गएको छैन भन्नुभयो ।

कार्यक्रममा सम्मानित साहित्यकार तिलकप्रसाद लुईंटेल, विनोद दाहाल वत्स, दुर्गा अधिकारी भमरकोटे, मुकुन्द न्यौपाने, रत्न विरही घिमिरे, कुमार नेपाल, विजयध्वज थापा, राजेन्द्र खनाल, अच्युतप्रसाद पौडेल चिन्तन, तुलसीराम पुडासैनी, रुद्र अधिकारी, उत्तम विचार, राजेशमान केसी, कुशुम शर्मा, सुन्दर बहादुर खडका, टि.एन.भट्ट विश्वामित्र, लव खड्का, भुवन शिवाकोटी चौघरे, रुपा रिसाल चालिसेले आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुकासाथै सम्पूणर् स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्दै, कवि भनेको स्रष्टा र द्रष्टा दुबै भएको बताउनु भयो ।

कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो ।

सम्मानित स्रष्टा तिलकप्रसाद लुइटेल नियमित रुपमा फित्कौली डट कममा हँस्यौली स्तम्भ अन्तर्गत हास्यव्यङ्ग्य सिर्जना लेख्दै आउनुभएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x