
प्रान्तको राजा
राज गर्दै कमिशनको, बजाउँछ बाजा भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।

भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा
घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।
खाली स्थान पहिचान गरी, रिस्ता छिराउने
उसको चापलुसी नगर्नेलाई, सधैं गिराउने
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा ।
सोझा—सिधा मान्छेलाई, मक्खै पार्छ उसले
त्यस्कै मात्र काम गर्छ, खुशी राख्छ जस्ले
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा ।
चिल्लो घसी कुरा गर्छ, सबै रिझाउने
अवैध नहर बनाएर, आफ्नै खेत भिजाउने
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा ।
विषयुक्त फलाउँछ उसले तरकारी
तीन वर्षमैं करोडपती, जागीर सरकारी
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा ।
सधैँ गर्छ सामन्तीको रक्षा रखबारी
उसकै सेवा चाकरीमा मुसारेर दारी
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्याउँछ खाजा
घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।
०००
कमलामाई-५, सिन्धुली