साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रान्तको राजा

राज गर्दै कमिशनको, बजाउँछ बाजा भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।

Nepal Telecom ad

भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा
घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।

खाली स्थान पहिचान गरी, रिस्ता छिराउने
उसको चापलुसी नगर्नेलाई, सधैं गिराउने
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा ।

सोझा—सिधा मान्छेलाई, मक्खै पार्छ उसले
त्यस्कै मात्र काम गर्छ, खुशी राख्छ जस्ले
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा ।

चिल्लो घसी कुरा गर्छ, सबै रिझाउने
अवैध नहर बनाएर, आफ्नै खेत भिजाउने
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा ।

विषयुक्त फलाउँछ उसले तरकारी
तीन वर्षमैं करोडपती, जागीर सरकारी
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा ।

सधैँ गर्छ सामन्तीको रक्षा रखबारी
उसकै सेवा चाकरीमा मुसारेर दारी
राज गर्दै कमिशनको, बजाउँछ बाजा
भाग लगाई आफन्तलाई, पुर्‍याउँछ खाजा
घमण्डको घैँटो भयो, यो प्रान्तको राजा ।

०००
कमलामाई-५, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको कर्म

सिंहको कर्म

गोपी थापा मगर ‘विरही’
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
ठालुको वस्तीमा

ठालुको वस्तीमा

गोपी थापा मगर ‘विरही’
बाध्य छ, यो जिन्दगीलाई

बाध्य छ, यो जिन्दगीलाई

गोपी थापा मगर ‘विरही’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x