साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठालुको वस्तीमा

पिउँदैछ यस्ले यहाँ भ्रष्टाचारको झोल । हान्दछ ठालुले नै, कपटी त्यो गोल ।

Nepal Telecom ad

ठालुको वस्तीमा, जीवन मेरो करिया ।
शोषणको ठूला भारी, बोक्दैछ भरिया ।।
गन्ध आउँछ दासताको, भिजेछ फरिया ।
भाग्य मेरो मरुभूमी, छैन कतै ? हरिया ।।

लाग्छ यो जीन्दगीमा, सधैँ कालो बादल ।
बज्दैन जिन्दगी, फुटेको छ मादल ।।
पीर व्यथा मनभित्रै, पुरिएन खाडल ।
भएको छु हिजोआज, व्यवहारिसे पागल ।।

विपन्न त्यो झुपडीमा, छिरेको छ जाडो ।
अभावले ग्रसित छ जीवन, हुँदैन है ठाडो ।।
कर्कलाको पानी जस्तै, गरिखाने भाँडो ।
जस्ले पनि घात गर्छ, जीवन मेरो घाँडो ।।

आजभोलि खुराफाती, जाडो बढेको छ ।
जाडोसँगै उपिँयाको, मात चढेको छ ।।
मामुलीको भुवनमा, मूल्य घटेको छ ।
बाह्य पीयूष भित्र विष, जहाँ अटेको छ ।।

गफ दिन्छ, घातक निकोटिनयुक्त सुर्ति ।
धन मान र भानले, चढ्याछ यस्को फुर्ति ।।
भित्री रोपेर संगीन दिन्छ, जस्ले अर्ति ।
हरितकण छैन जस्को, मनको यो प्रती ।।

कालो मैलो छोपी, जस्ले टल्काउँछ ऐ्ना ।
हुनसक्छ कतै यहाँ, रहस्यको बैना ।।
उडी जान्छ एक दिन, मनको त्यो मैना ।
टल्केछ टलक्क, किन्तु मेडइन चाइना ।।

च्यातिएको छ जस्को, मगजको खोल ।
सिउनु पर्छ या पर्दैन ? तिमी आफैँ बोल ।।
पिउँदैछ यस्ले यहाँ भ्रष्टाचारको झोल ।
हान्दछ ठालुले नै, कपटी त्यो गोल ।।

०००
कमलामाई न.पा. ५ सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको कर्म

सिंहको कर्म

गोपी थापा मगर ‘विरही’
करारको जागीर

करारको जागीर

गोपी थापा मगर ‘विरही’
जिन्दगी

जिन्दगी

गोपी थापा मगर ‘विरही’
बाध्य छ, यो जिन्दगीलाई

बाध्य छ, यो जिन्दगीलाई

गोपी थापा मगर ‘विरही’
प्रान्तको राजा

प्रान्तको राजा

गोपी थापा मगर ‘विरही’
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x