साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो शासनकाल

धनको छलले किन बाँच्छ जुठे । म त दुख्ख सहेर जुरुक्क उठे ।। अझ नाँच्छु यहाँ म मयूर बनी । म त शासक बन्छु तिमी नगनी ।

Nepal Telecom ad

छ निकास दिने अब को दलमा ।
म बजेट पचाउँछु यो छलमा ।।
बल बाहु जगाउ युवा दलमा ।
छ विकास सधैं घरको ढलमा ।।

न त शब्द कुनै कविता छ कुची ।
नव देश बनाउन छैन रुचि ।।
म त जित्छु चुनाव सधैं धनले ।
जनको शिर ठोक्छ सधैं घनले ।।

जनता किन बन्छ सदैव खसी ।
हरियो खर घाँस पचाउ बसी ।।
किन बन्छ बिकाउ सधैं जनता ।
अब साधु र सन्त नखोज यता ।।

नव देक्दछु आज यहाँ भुमरी ।
म त देख्दिन सत्य यहाँ न मरी ।।
न त राज कुनै न त काज कुनै ।
म त देख्छु सधैं अझ चोर उनै ।।

किन बस्दछ खै मन यो बदली ।
छ धुवाँ नजिकै मन यो नजली ।।
तन जल्छ सधैं किन खाग बनी ।
मतिहीन बने जनता न गनी ।।

धनको छलले किन बाँच्छ जुठे ।
म त दुख्ख सहेर जुरुक्क उठे ।।
अझ नाँच्छु यहाँ म मयूर बनी ।
म त शासक बन्छु तिमी नगनी ।।

०००
पाटन २ सिलंगा, बैतडी
हालः- पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x