साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली कथा

तिमीहरूले के गर्‍यौ र न त स्याहार गर्‍यौ न त बिरामी हुँदा खर्च गर्‍यौ बाँचुञ्जेल मैले नै बाको लागि सम्पूर्ण  सेवा गरेँ त्यसैले दागबत्ति मैले नै दिएँ ।

Nepal Telecom ad

वीरबहादुर एक सामान्य परिवारको ब्यक्ति हो । उसका २ छोरी र ३ छोरा छन् । उसकी श्रीमती नाति र नातिना सवै गरेर १४ जनाको परिवार छ । खेतीपाती पशुपालन गर्ने उसको मुख्य पेशा हो खेतीबाट उत्पादन भएको केही अंश दुध र खसी बोका बिक्री गरि आय आर्जन गरेर दैनिक घरको गर्जो टार्ने गर्दछ । यसैबाट यो महङ्गीमा छोराछोरी पढाउनु पनि उसको कर्तव्य हो । धेरै परिश्रम गरेर धन आर्जन गरेर सवै ब्यवहार धान्नु वीरबहादुरलाई ठुलो चुनौती छ । ऊ अहिले ७० बर्ष भएको छ र उसको श्रीमती ६६ बर्षकी छिन् ।

धेरै परिश्रमको कारण र बृद्धत्वको कारणले होला उसलाई दीर्घ रोगले पनि चाप्दै गएको छ । छोराहरू पनि युवावस्थामै छन् तथापि छुट्टिभिन्न पनि भएका छन्, दुवै छोरीको बिहे भैसकेको छ । बुढाबुढि कान्छा छोरा लिएर सँगै बसेका छन् । दैनिक कामको तनाव र छोराछोरीप्रतिको ममता पनि उत्तिकै छ । तिनवटै छोरा नोकरीमा भएकोले आफ्नो खुट्टामा उभिन सक्ने भएका छन् । छोरा छुट्टिँदा बाबुआमाको बरावरी लालन पालन गर्ने सहमति भएको छ ।

दैनिक कामको चाप र घरको तनावले हो कि एक्कासी वीरबहादुर बिरामी भएर अस्पताल पुर्‍याए र औषधि उपचार पश्चात ठिक भएर घरमा ल्याए । बुबाको उपचार गर्दा दाजुभाइमा खर्चको कारण खटपट हुन थाल्यो एनकेन वाध्यता भइ कान्छो छोराले दाजुहरूसँग बल्लबल्ल खर्च उठायो । वीरबहादुर १ बर्षसम्म ठिक अवस्थामा रह्यो, पुन एक बर्षपछि त्यही बेथा वल्झिएर बिरामी भइ अस्पताल पुर्‍याए, केही दिन अस्पताल भर्ना गरेर अलिक सञ्चो भएपछि डिस्चार्ज गरियो र घरमा ल्याएर राखियो ।

अस्पतालबाट ल्याइए पनि पूर्ववत रुपमा सञ्चो भएको थिएन, दिनप्रतिदिन वीरबहादुर गल्दै गयो । उसले जेठो र माइलो छोरालाई बाबू बाबू भनेर बोलाउँथ्यो तर पनि उनिहरू फर्किएर हेर्दैनथे । घरमा दैनिक कान्छो छोरा बुहारीले बुवाको स्याहार गर्थे । यस्तो अवस्था ९ महिनासम्म रह्यो । त्यस बेलामा उनलाई स्याहार सुसार गर्न र उपचार खर्च गर्ने सम्बन्धमा खटपट भई त्यसैको कारणबाट २ छोराहरू टाढिए । बिरामी बाबुलाई फर्किएर हेर्दैनथे । कान्छो छोराले मेरो बालाई बाँचुञ्जेलसम्म माया दिएर स्याहारसुसार गर्छु तर मृत्युपछि मैले देखावटी अनावश्यक श्राद्ध गर्दिन किनकि श्राद्ध गर्नु भनेको मरे पछिको औषधि हो, कुनै काम हुँदैन बाँचुञ्जेल सकेसम्म स्याहार गर्ने हो ।

दिनप्रतिदिन वीरबहादुर गल्दै गयो र आखिर ९ महिनापछि उसको देहान्त भयो । सबैको रुवाबासी भयो तर देहान्त हुने बखत जेठो छोरो बाहिर गएको कारण बुवाको मृत्यु हुने समयमा अनुहार हेर्न पाएन । उसलाई बुवाको मृत्युको खवर गरेपछि म नआइञ्जेल दागबत्ति नदिनु मैले नै दिन पाउनुपर्छ भन्दै ऊ ढिलै आइपुग्यो तर घाटमा लास जलिसकेको थियो । ऊ आएपछि मलाइ किन नपर्खिएको, दागबत्ति मैले नै दिन पाउनुपथ्र्यो, मेरो नै पहिलो अधिकार हो भनेर झगडा गर्‍यो तर कान्छोले भन्यो बाँचुञ्जेल वास्ता नगर्ने दुरात्माले कहिल्यै पनि दागवत्ति दिने अधिकार छैन । तिमीहरूले के गर्‍यौ र न त स्याहार गर्‍यौ न त बिरामी हुँदा खर्च गर्‍यौ बाँचुञ्जेल मैले नै बाको लागि सम्पूर्ण  सेवा गरेँ त्यसैले दागबत्ति मैले नै दिएँ ।

त्यति भन्दा दुबै दाइहरूले लाजले मलामी सामु टाउको निहुराए । जेनतेन बुवाको काज क्रिया तिनै जनाले गरे तर लागेको खर्चमा खटपट भइ नै रह्यो तर त्यो खर्च कान्छाले नै तिर्‍यो । अव आधुनिक युग र सबै नोकरीमा लागेको कारण १५ दिनमा नै बर्ष दिनमा गर्नुपर्ने सबै श्राद्ध खिचेर सम्पन्न गरे । त्यसपछि प्रत्येक बर्षमा हुने एकोद्दिष्ट श्राद्ध र पार्वण श्राद्ध जेठो र माहिलाले गर्दै गए तर कान्छोले गरेन किनकि उसले पहिल्यै भनिसकेको थियो मैले बाँचुञ्जेल सकेको स्याहार गर्छु मृत्यूपश्चात केही गर्दिन भनेर । ऊ आध्यात्मिक र भौतिकवादी दुवै थियो मरेपछि पिण्ड बटारेर पूजा गरेर मरेका मान्छे आएर खाँदैनन् र उनीहरूले पाउँदैनन् भन्ने गर्थ्याे तसर्थ बाँचुञ्जेल स्याहार गर्नुपर्छ मरेपछि गोहीको आँसु झारेर कुनै अर्थ छैन भन्थ्यो कान्छाले ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईर्ष्याले सेरिए

ईर्ष्याले सेरिए

सुरेश चन्द्र घिमिरे
जेष्ठ नागरिक हाम्रा गहना हुन्

जेष्ठ नागरिक हाम्रा गहना...

सुरेश चन्द्र घिमिरे
बुढ्यौली ‘खोरिया’

बुढ्यौली ‘खोरिया’

सुरेश चन्द्र घिमिरे
चुनावी गजल

चुनावी गजल

सुरेश चन्द्र घिमिरे
स्वतन्त्र कल्पबृक्ष रोपिएछ

स्वतन्त्र कल्पबृक्ष रोपिएछ

सुरेश चन्द्र घिमिरे
बृद्धाश्रम

बृद्धाश्रम

सुरेश चन्द्र घिमिरे
0
Would love your thoughts, please comment.x
()
x